site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय ट्रमा सेन्टरमा घट्दै दुर्घटनाका बिरामी
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको संख्या घट्दै गएको छ । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल रेर्कड अधिकृत अर्जुनप्रसाद भेटुवालका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ५ हजार ४७७ घाइतेले आकस्मिक कक्षमा उपचार गराएका थिए । ०७१/७२ मा ७ हजार ४४४ जना घाइतेले उपचार गराएका थिए । तथ्यांकले करिव दुई हजारले बिरामीको संख्या घटेको देखाएको  छ ।
भूकम्पका बेला उपचारका लागि आउने घाइतेको संख्या बढी भएपनि हाल बिरामीको संख्या कमहुँदै गएको भेटवालले बताए । 
आकस्मिक कक्षमा आउने बिरामीको संख्या घटेपनि ओपीडीमा आउने बिरामीको संख्या भने बढेको अधिकृत भेटवालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २९ हजार ८१५ जनाले उपचार गराएका छन् । गत वर्षको तुलनामा १७ हजार ४९८ ले बिरामी बढेका छन् । आर्थिक वर्ष २०७१/७२ मा १० हजार ३५६ जना बिरामीले उपचार गराएका थिए । 
आकस्मिक दुर्घटनाका घाइतेको उपचार गर्ने उद्देश्यले भूकम्पको समयमा ट्रमा सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टरले आर्थिक वर्ष २०७२/७३ मा ३ हजार ७११ जना अस्पतालमा भर्ना भएका थिए भने २०७१/७२ मा २ हजार ७१ जना भर्ना भएर उपचार गराएका थिए । 
सेन्टर स्थापना भएको अवधि देखि हालसम्म ५६ हजार ८७४ सेवा उपलब्ध गराएको छ । भूकम्पको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा सेन्टर सञ्चालनमा आएको थियो ।  
दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचले १८ वर्षअघि तत्कालीन भारतीय र नेपालाका प्रधानमन्त्रीले १९९७ जुन ६ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको करिब छ वर्षपछि सन् २००३ मा दुवै देशबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भएको थियो ।
के हो ट्रमा सेन्टर ?
हाडजोर्नीसम्बन्धी चोटपटक लागेका बिरामीको उपचार गर्ने ठाउँ नै ट्रमा सेन्टर हो । सेन्टरमा दुर्घटना वा अन्य कुनै कारण चोट लागेका बिरामीलाई आपत्कालीन उपचार गरिन्छ । ट्रमामा पूर्ण विशेषज्ञ सेवा दिइने भएकाले हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सक, प्लास्टिक सर्जन, नाक, कान घाँटी र दन्त शल्य चिकित्सकको समूह आवश्यक हुन्छ । २ सय शैयाको सेन्टर रहेको छ । 
ट्रमा सेन्टरको अवधारणा 
ट्रमाको अवधारणा अमेरिकाको क्युबेन सहरबाट सुरु भएको हो । राम्रो ट्रमा सेन्टर भएमा दुर्घटनामा परेकाहरूको मृत्युदर कम गर्न सकिन्छ ।
नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँच देखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्यांक छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटनालाई हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको छ । नेपालमा सडक दुर्घटनाका कारण दैनिक ५ जनाको मृत्यु तथा १२ जनाभन्दा बढी गम्भीर घाइते हुने गरको बताइएको छ । नेपालमा बढ्दो सवारी दुर्घटनाबाट हुने मृत्युको संख्या कम गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro