site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको पकड
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौँ । घरेलु टोलि अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको तेस्रो दिनसम्म दक्षिण अफ्रिकाले आफ्नो पकड कायम राखेको छ । वर्षाले दोस्रो दिनको खेल स्थगीत भएको होबर्ट टेस्टको तेस्रो दिनको समाप्तिसम्म अष्ट्रेलिया दोस्रो पारीमै १ सय २० रनले पछि परेको छ ।
होबर्टमा जारी टेस्टको दोस्रो दिन लगातार वर्षा भएपछि खेल सुरु नभई खेल स्थगीत भएको थियो । तर, तेस्रो दिन वर्षा रोकिएपछि खेल सुचारु भएको थियो । जसमा दक्षिण अफ्रिकालाई पहिलो पारीमा ३ सय २६ रनमा अलआउट गर्दै अष्ट्रेलियाले आफ्नो दोस्रो पारी थालेको छ । र, तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले दोस्रो पारीमा २ विकेट गुमाएर १ सय २१ रन बनाएर खेलीरहेको छ ।
अष्ट्रेलियाका उस्मान ख्वाजा ५६ रनमा अविजित रहदा स्टेभेन स्मिथ पनि १८ रन बनाएर क्रिजमा छन् । पहिलो पारीमा ८५ रनमा अलआउट भएको अष्ट्रेलियाको दोस्रो पारीमा डेभिड वार्नर ४५ रनमा आउट भए भने जोय बुर्नस सुन्य रनमा पेभेलियन फर्किए । दक्षिण अफ्रिकाका क्ले अब्बोटले दुई विकेट लिए ।
बेल्लीरिभ ओभलमा जारी टेस्टमा दोस्रो दिनको खेल स्थगीत हुदासम्म दक्षिण अफ्रिकाले ८६ रनले अग्रता लिएको थियो । तेस्रो दिनको खेल सुरु हुदा दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर १ सय ७१ रनबाट खेल थालेको थियो । तर, टेस्टको तेस्रो दिनमा दक्षिण अफ्रिकाले थप १ सय ५५ रन जोड्दा अलआउट भयो । 
पहिलो पारीमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय ४ रनको अर्धसतकिय पारी खेले । टेम्बा भाबुमाले ७५ रन बनाए । यस्तै उसका हसिम अमला ४७, भेर्नोन फिलाण्डर ३२  तथा स्टेफेन ककले २३ रन जोडे । अष्ट्रेलियाका जोस हाजेलवुडले ६ तथा मिथेल स्टार्कले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा खराब प्रदर्शन गर्दै मात्र ३२ ओभर ५ बलमा ८५ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका स्टेभेन स्मिथले ४८ र जोय मेनीले १० रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
अष्ट्रेलियाको पहिलो पारी ध्वस्त बनाउने क्रममा दक्षिण अफ्रिकाका भेर्नोन फिलाण्डरले ५ तथा कायल एबोटले ३ विकेट लिए ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro