site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिष्टियानो रोनाल्डोको दुई गोल मद्दतमा पोर्चुगल विजयी
काठमाडौँ । कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले विश्वकप छनोटमा प्रभावशाली जित निकालेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकपको युरोपियन छनोट अन्तर्गत आइतबार राती रोनाल्डो प्रेणित पोर्चुगलले  लात्भियालाई ४–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो अल्वेसले एक एक गोल गरे । तर, खेलमा रोनाल्डोले एक पेनाल्टीमा भने गोल गर्न असफल भए । लात्भियाका लागि अ्रटुर्स जिजन्सले एक गोल फर्काए । 
लात्भियामाथी एकतर्फी खेल खेलेको पोर्चुगलले खेलको २८ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको पोर्चुगलले दोस्रो हाफको सुरुमा अग्रत दोब्बर बनाउने मौका पायो । तर, लात्भियाका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्नबाट चुके । खेलको ६७ औं मिनेटमा लात्भियाका जिजन्सले एक गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको दुई मिनेटपछि कार्वाल्होले गोल गर्दै पोर्चुगललाई पुन अग्रता लिाए । ८५ औं मिनेटमा रोनाल्डोले सुन्दर भली गोल गर्दै पोर्चुगलको अग्रता ३–१ मा पुर्‍याए । त्यसपछि इन्जुरी समयमा अल्वेसले थप गोल गरेपछि पोर्चुगलले ४–१ को जित पायो । 
जितसंगै समूह ‘बी’ मा ९ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ  । समुह बि अन्तर्गत नै भएको आइतबार राती फारोइ आइल्याण्डलाई २–० ले पराजित गरेको स्वीट्जरल्याण्ड शिर्ष स्थानमा छ । र,  लगातार चार खेल जितेको स्वीट्जरल्याण्डले  १२ अंक जोडेको छ । यस्तै ९ अंकसहित पोर्चुगल दोस्रो स्थानमा छ । 
विश्वकप छनोट अन्तर्गत समूह ए को खेलमा आइतबार राती नेदरल्याण्डसले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको छ । जितसंगै नेदरल्याण्डस ७ अंक जोडेर समुहको दोस्रो स्थानमा उक्लेको छ । समुह ए मा १० अंक जोडेर फ्रान्स शिर्ष स्थानमा छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro