site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप छनोटमा बेल्जियमको फराकिलो जित
काठमाडौँ । विश्वकप छनोटमा बेल्जियमले इस्टोनियामाथी फराकिलो जित निकालेको छ ।  सन् २०१८ मा रुसमा हुने विश्वकपको युरोपियन छनोट अन्तर्गत आइतबार राती बेल्जियमले इस्टोनियालाई ८– १ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जिताउन रामेलु लुकाकु र ड्राइज मार्टेन्जले  समान दुई दुई गोल गर्दा इडन हर्जाड, थोमस मुनिएर र यानिक काररास्कोले एक एक गोल गरे । यस्तै  इस्टोनियाका राग्नर क्लावनले आत्मघाती गोल गरे भने इस्टोनियाका लागि हेनरी आनिएरले एक गोल फर्काए । 
युरोपियन छनोटको समूह ‘एच’  अन्तर्गतको खेलमा बेल्जियमले आठौं मिनेटमा नै मुनिएरको गोलबाट  सुरुवाति अग्रता लिएको थियो । १६ औं मिनेटमा मार्टेन्ज र २५ औं मिनेटमा हजार्डले गोल गर्दै अग्रता बेल्जियमको अग्रता ३–० मा पुर्‍याए । तर, २९ औं मिनेटमा इस्टोनियाका आनिएरले एक गोल गरेपछि पहिलो हाफमा बेल्जियमले ३–१ को अग्रता लियो । 
बेल्जियमले दोस्रो हाफमा पनि गोल वर्षा नै गर्यो । खेलको ६२ औं मिनेटमा काररास्कोले गोल गरे भने त्यसको दुई मिनेटपछि इस्टोनियाका क्लावनले आत्मघाती गोल गरेपछि बेल्जियमले आफ्नो अग्रता थप फराकिलो बनायो । ६७ औं मिनेटमा मार्टेन्जले व्यक्तिगत दोस्रो गोल गरेपछि बेल्जियमको अग्रता ६–१ मा पुग्यो । त्यसपछि ८३ र ८८ औं मिनेटमा गरि लुकाकुले दुई गोल गरेपछि बेल्जियमले ८–१ को फराकिलो निकाल्न सफल भयो । 
इस्टोनियामाथिको जितपछि ४ खेलबाट १२ अंक भएको बेल्जियम समूहको शीर्ष स्थानमा छ । र, विश्वकपमा  छनोट हुने सम्भावना बलियो बनाएको छ । पराजित इस्टोनिया ३ अंक जोडेर पाचौ स्थानमा छ । आइतबार  राति नै भएको खेलमा बोसनिया हर्जगोभिनासँग १–१ को बराबरी रोकिएको ग्रिस चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । समूह ‘एच’ कै अर्को खेलमा साइप्रसले जिब्रालटारलाई ३–१ ले पराजित गर्यो । 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro