अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा आठ वर्षदेखि बिक्री भइरहेको भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालि अन्तर्गत मम्सका नयाँ ब्रेकफास्ट प्रडक्ट शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । मम्सका नयाँ प्रडक्ट चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिज नेपालीबजारमा औपचारिक रुपमा बिक्री थालिएको हो ।
आम्रापाली बायोटेक इन्डियाका चेयरमेन डा. अनिल कुमार शर्मा, निर्देशक द्धय रितिक सिन्हा र डा. स्वप्निल शिखा तथा सेल्स एन्ड मार्केटिङ प्रमुख उपाध्यक्ष प्रभातकुमार सिंहले नयाँ प्रडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
भारतमा फुड प्रडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका बिभिन्न देशमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १७:५९
प्रतिक्रिया दिनुहोस्