site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरी
काठमाडौँ । इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । भारतको राजकोटमा पहिलो टेस्टको पाँचाँै तथा अन्तिम दिनको खेल सकिँदा घरेलु टोली भारतले ६ विकेट गुमाएर १ सय ५२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
राजकोटमा इंग्ल्यान्डले दिएको ३ सय १० रनको लक्ष्य पछ्याएको भारतले दोस्रो पारीमा आफ्नो विकेट जोगाउदै अलआउट हुनबाट बच्दै खेल बराबरी गरेको हो । एक समय खेल गुमाइसकेको भारतका लागि बिराट कोहली र रविन्द्र जडेजाले अविजित रहदै खेल बराबरीमा ल्याएका हुन् । कोहलीले अविजित ४९ रन बनाए भने जडेजाले पनि अविजित ३२ रनमा बनाए । दोस्रो पारीमा भारतका विजय मुरली ३१ तथा रविचन्द्र अश्विनी ३२ रनमा जोडे । इंग्ल्यान्डका अदिल रशिदले तीन विकेट लिए ।
यसअघि इंग्ल्यान्डले आफ्नो दोस्रो पारीमा ३ विकेटको क्षतिमा २ सय ६० रन बनाएपछि पारी समाप्तीको घोषणा गर्दै भारतसामू ३ सय १० रनको लक्ष्य दिएको थियो । दोस्रो पारीमा इंग्ल्यान्डका एलेस्टर कुकले १ सय ३० रन तथा हासिब हमेदले ८२ रन जोडे । भारतका अमित मिश्रले दुई विकेट लिए ।
पहिलो पारीमा जोय रुट, बेन स्टोक र मोइन अलीले शतकीय पारी खेलेपछि इंग्ल्यान्डले ५ सय ३७ रन बनाएको थियो । पहिलो पारीमा विजय मुरली र चेतेश्वर पुजाराले शतकीय पारी खेलेपछि भारतले ४ सय ८८ रन बनाएको थियो ।
पहिलो टेस्ट ड्र संगै पाँच खेलको श्रृखला पनि बराबरीमा रहेको छ । दुई टोलीबीचको दोस्रो टेस्ट विशाखापत्तनम आगामी मंगलबार सुरु हुनेछ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro