site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अब ट्रम्पको टिप्पणीको कुनै वास्ता गर्दिन : हिलारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अमेरिकामा आठ नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनले अब प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको टिप्पणीको कुनै वास्ता नगरी मुद्दाहरुमा ध्यान दिने बताएको बीबीसीले जनाएको छ ।
“मैले ट्रम्पसँग साढे चार घण्टा बहस गरिसकेको छु । अब उनलाई अझै केही जवाफ दिनुपर्छ जस्तो लाग्दैन,’’ पत्रकारहरुसँग कुरा गर्दै क्लिन्टनले भनिन् ।
उता रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले उनीविरुद्ध यौन उत्पीडनको आरोप लगाउने महिलाहरुविरुद्ध चुनाव सम्पन्न भएपछि अदालतमार्फत चुनौती दिने बताएका छन् ।
यसबारेमा हिलारीको प्रतिक्रिया थियो, “उनी जे मन लाग्छ त्यो बोल्न सक्छन । जसरी चाहन्छन् त्यसरी आफनो चुनाव अभियान चलाउन सक्छन । म त्यो अमेरिकी जनतालाई नै छाड्छु ।’’
महिलाविरुद्धमा अभद्र टिप्पणीयुक्त भिडियो बाहिर आएपछि चुनावमा पछाडि परेका रिपब्लकिन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रसँग लिँदै हिलारीको आलेचना गरेका छन ।
समाचार एजेन्सी एएफपीका अनुसार पेन्सलभेनिया राज्यमा सम्बोधन गर्दै भनेका छन्, “क्लिन्टन मेराविरुद्ध लडेकी हैनन्, परिवर्तनको विरुद्ध लडेकी हुन् ।’’
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC