खेल
काठमाडौं । काठमाडौंमा जारी वाईवाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) पञ्चकन्या तेजले लगातार पाचौँ जित हात पारेको छ । शुक्रबार भएको खेलमा विशाल वारियर्सलाई दुई विकेटले पराजित गर्दै पञ्चकन्याले लिगको पाचौँ खेल जितेको हो ।
किर्तिपुरस्थित टियू मैदानमा अन्तिम खेलमा विशाललाई पराजित गरेसँगै पञ्चकन्याले लिगको सबै खेल जितेको छ । अन्तिम खेल अघि नै फाइनलमा पुगिसकेको पञ्चकन्याले पाँच खेलबाट १० अंक जोडेको छ । पराजित विशाल ५ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेकोछ ।
विशालले प्रस्तुत गरेको १४३ रनको लक्ष्य पञ्चकन्याले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पञ्चकन्याको जितमा आरिफ शेखले ४७, पृथु बाँस्कोटाले २४ तथा सोनु तामाङले १४ रन बनाए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको विशालले २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार गरेको थियो । विशालका लागि सागर पुनले ४४ , कप्तान पारस खड्काले २७ तथा मन्जित श्रेष्ठले ४० रन बनाए । पञ्चकन्याका सुशील कँडेल र भुवन कार्कीले दुई दुई विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १८:०५
प्रतिक्रिया दिनुहोस्