site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले सीमा क्षेत्र खाली गरायो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पाकिस्तानबाट हुने सम्भावित आक्रमणलाई ध्यान दिइ भारतीय सेनाले पन्जाब पठानकोटका गाउँहरु खाली गराएको छ । भारतले बिहीबार राती पाकिस्तानमा प्रवेश गरी २ जना पाकिस्तानी सेना र स्थानीयको हत्या गरेपछि सम्भावित प्रतिकारलाई लिएर भारतीय सेनाले सो कदम उठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
भारतको उरीमा हमला भएको ठीक १० दिनपछि भारतले पाकिस्तानको सीमाभित्र प्रवेश गरी पाकिस्तानी नागरिक र सेनाको हत्या गरेको हो । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले १ सय ५० जना भारतीय सैनिक प्रवेश गरी ३८ जना सर्वसाधारणको हत्या गरेको बताएको छ । 
के हो ‘सर्जिकल स्ट्राइक’ ?
भारतीय सेनाले पाकिस्तानमाथि गरेको आक्रमणलाई ‘सर्जिकल स्ट्राइक’को नाम दिएको छ । सामान्य नागरिक, कुनै पनि घर वा यातायातमा क्षति नपु¥याई गरिने सैनिक आक्रमणलाई  ‘सर्जिकल स्ट्राइक’ भनिन्छ । भारतीय सेनाले ‘सर्जिकल स्ट्राइक’ भने पनि पाकिस्तानले त्यसको प्रतिवाद गरेको छ । पाकिस्तानले भनेको छ–“भारतीय सेनाले सुतेको बेला जानी जानी हमला गरी सर्वसाधारणको समेत हत्या गरेको छ ।” 
सर्जिकल स्ट्राइकको पाकिस्तानद्धारा अस्वीकार
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले भारतीय आक्रमणबाट २ जना पाकिस्तानी सैनिकको मृत्यु भएको र ९ जना घाइते भएको बताएका छन् । उनले पाकिस्तानी सेनाले भारतीय सेनाको आक्रमणको जवाफि प्रतिकार गरेको समेत बताए । उनले रातको अँध्यारो र सुतिरहेको बेला आक्रमण गरेको बताउँदै सर्जिकल स्ट्राइक गरेको भनेर नाटकको मञ्चन गरेको आरोप लगाए । पाकिस्तानी मिडियासँग कुरा गर्दै उनले भारतले नियोजित रुपमा बिहानी समयमा आक्रमण गरेको आरोप लगाएका छन् । केही दिनदेखि भारतले आफ्नो मिडिया र नागरिकलाई सन्तुष्ट पार्न आक्रमण गरेको आरोप लगाएका हुन् । आसिफले फेरी भारतबाट क्रस बोर्डर फायर भएमा पाकिस्तानले यसको जवाफ दिने उनले चेतावनी दिएका छन् ।  
पाकिस्तानी र भारतीय मिडियामा फरक फरक दृश्य
भारतीय मिडियाले पाकिस्तानमाथि आक्रमण गरेको घटनालाई एउटा पर्वको रुपमा प्रस्तुत गरेको छ । भारतीय टेलिभिजन च्यानल आजतक, एबिपि लगायत अधिकांस च्यानले भारतले यसअघि नै गर्नु र्ने हमला ढिलो गरेको भनेर आक्रमणलाई प्रोत्साहित गरेका छन् । 
पाकिस्तानी मिडियाले भने भारतले जनतालाई खुसि पार्न मात्र आक्रमण गरेको बताएको छ । पाकिस्तानी मिडियाले भारतको आक्रमणलाई ज्यादती भनेको छ । पाकिस्तानी टेलिभिजन च्यानल नेयोले भारतले जति ज्यादती गरे पनि काश्मिरलाई भारतबाट मुक्त गरि छोड्ने बताउँदै कार्यक्रम नै चलाएको छ ।  भारतीय मिडियाले भारतीयहरुले पटाका पड्काउदै गरेको दृश्य देखाएको छ भने पाकिस्तानी टेलिभिजनले भारतीय विरुद्ध नाराबाजि गरिरहेको दृश्य देखाइरहेको छ । भारतद्धारा मारिएका  पाकिस्तानी सेना इम्तियाद अहमदका बाबुले आफ्ना ५ सन्तान भएको र सबैभन्दा सानो छोरोले देशको लागि बलिदान दिएको बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC