site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
औषधि नखार्इ पनि कोलेस्टेरोल घटाउन सकिन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं। रगतमा कोलेस्टेरोलको मात्रा बढी भएमा मुटु सम्बन्धी रोगलाग्ने खतरा बढी हुन्छ । कोलेस्टेरोलमा पनि एचडीएल कोलेस्टेरोलले शरीरमा खासै हानी गर्दैन भने एलडीएलले निकै हानी पुर्‍याउँछ । कोलेस्टेरोल बढी भएर डाक्टरकोमा जाँदा खानेकुरा बार्ने र व्यायाम गर्ने सल्लाह दिन्छन् । तर एक अनुसन्धानका अनुसार खानेकुरा बार्ने र व्यायाम मध्ये एकमात्र उपाय चुन्ने हो भने खाना बार्नुनै कोलेस्टेरोल घटाउने उत्तम उपाय देखिएको छ । 
रगतमा एलडीएल कोलेस्टेरोलको मात्रा घटाउन व्यायाम गर्नुभन्दापनि आफ्नो खानेकुरामा विस्तारै परिवर्तन ल्याउन सकेको खण्डमा बढी लाभदायी हुने अनुसन्धानकर्ता बताउँछन् । व्यायामगर्दा खानेकुरामा रहेको मुटुलाई सहयोग गर्ने तत्वको प्रभाव बढने भएता पनि कूल कोलेस्टेरोल घटाउन खानेकुराको परहेजले निकै फरक पर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
एक अनुसन्धानमा सरिक केही व्यक्तिले मेडिटेरिएन (भूमध्य सागरीय) खानेकुरा अर्थात इटालिएन, स्पेनिश खाना देखि कम क्यालोरी र कम चिल्लो पदार्थ भएको खाना खाए । तिनमा के कस्तो प्रभाव पर्‍यो भनेर अध्ययन गराउने ब्रिघाम विश्व विद्यालयकी न्युट्रिशन विभाग निर्देशक क्याथी म्याकम्यानसले कोलेस्टेरोल घटाउन पुरै भोकै बस्नु पर्दैन तर स्न्याक्स र फास्ट फुड भने कम गर्नुपर्ने जनाएकी छिन । “सबैथोक खाने वा केही नखाने गर्नुभन्दा आफ्नो विवेक प्रयोग गर्नु जरुरी हुन्छ,” उनले भनिन् ।
आफ्नो खानेकुरामा ट्रान्सफ्याट अर्थात कृत्रिम चिल्लो (हाइड्रोजेनेटेड) सम्पूर्ण रुपमा कम गर्नु पर्दछ । विदेशमा हाइड्रोजेनेटेड खानेकुरा कतिपय स्थानमा प्रतिबन्धित छ । तर यस्तो प्रतिबन्ध नलागेका ठाउँमा पनि खानेकुराको प्याकेटमा हाइड्रोजेनेटेड फ्याट लेखिएको छ भने ति खानेकुरा उपभोग गर्नु नहुने म्याकम्यानसको भनाई छ । त्यस्तो चिल्लो पदार्थलाई अनस्याचुरेटेड फ्याट भनिन्छ । 
जनावरको बोसो आदीमा भएको चिल्लोलाई स्याचुरेटेड फ्याट भनिन्छ । यो पनि मुटुको लागि फाइदाजनक त हैन तर थोरै मात्रामा खान हुने उनी बताउँछिन् । त्यतिमात्र होइन हप्ताको चारवटा सम्म अण्डाको पहेलो खाँदा फरक नपर्ने र अण्डाको सेतो भाग जति खाएपनि हुने पनि उनको भनाइ छ । उनको भनाइमा मासु (खसीको), प्राउन, चिल्लो बढी भएको चीज, बटर खाए हुन्छ तर हप्तामा एक दुई पटक थोर थोरै मात्र । 
राम्रो चिल्लो खाए हुन्छ 
पोषण विशेषज्ञ म्याकम्यानसका अनुसार शरीरमा एलडिएल बढाउने चिल्लो पदार्थ पाइने खोनकुरा जस्तै सुर्यमुखीकोे तेल, जैतुनको तेल (अलिभ), दाख, बदामको तेल खानुहुन्छ । त्यस्तै सालमोन, ट्युना, ट्राउट, म्याकरेल आदी माछा र विभिन्न बादाम, एभोकाडो तथा भटमास पनि खाए हुन्छ ।
रंगमा विचार गरौं
हरियो पाते तरकारी, पहेलो फर्सी प्रजातीका तरकारी, गाजर, गोलभेंडा, स्ट्रबेरी, बयर, ब्लुबेरी आदी खाएमा कोलेस्टेरोल कम हुन्छ ।
धेरै प्रशोधित नखाऔं
दानेदार अन्नमा फाइबर हुन्छ, त्यसैले शरीरका लागि राम्रो मानिन्छ । मैदा, चामल भन्दा गहुँको पिठो तथा ब्राउन राइस फाइदाजनक हुन्छ । चिल्लोको सट्टा गुलियो खाने गल्ती नगरौं भन्ने पनि ति विशेषज्ञको सुझाव छ । कतिपय सलाद, ड्रेसिङ जस्ता खानेकुरामा चिल्लो कम गर्दा स्वाद कम हुन्छ भनेर गुलियो बढी गरिएको हुन्छ । यदि खानेकुरामा चिनी, कर्न सिरप र ग्लुकोज जस्तो नामको अन्त्यमा ओज (ओएसई) आउने वस्तु छ भनेर खानेकुराको प्याकेटमा लेखिएको छ भने बरु चिल्लोमा जानु ठिक हुने म्याकम्यानसको सल्लाह छ । तर चिल्लो खाँदा माथि भनिएकोजस्तो अनस्याचुरेटेट फ्याटचै खानु हँदैन ।
तर क्यालोरी नबिर्सनुस्
कुनैपनि चिल्लो पदार्थमा एक ग्राममा नौ क्यालोरी हुन्छ र एक टेबल चम्चामा १०० क्यालोरी । त्यसैले मुटुका सहयोगी खानेकुरा खाँदा पनि कति क्यालोरी खाँदै छु भन्ने विचार चाहिँ गर्नैपर्छ भन्छिन ब्रिघाम विश्व विद्यालयकी विशेषज्ञ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७३  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC