site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बहुआयामिक, अन्तरक्रियात्मक र पृथक स्नातक शिक्षा नेसनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्पण गेलाललाई अरुभन्दा पृथक बन्नु थियो, अरुभन्दा सबल र सक्षम बन्नुथियो । उनलाई ‘ज्याक अफ अल’ बन्नु थिएन, न त उनलाई ‘मास्टर अफ वन’ बन्नु थियो । उनी ‘मास्टर अफ अल’ (सबै विषयको ज्ञानमा निपुर्ण) बन्न चाहन्थे ।

गेलाल तिनै हुन्, जसले सन् २०१७ मा काठमाडौं विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गरेका थिए । गेलाल (२५) विज्ञान संकायमा प्लस टु उत्तीर्ण गरेपछि बहुआयामिक र अन्तरक्रियात्मक स्नातक विषयको खोजीमा थिए । उनी सोच्थे– मैले पढ्ने विषय अरुभन्दा फरक होस् । अरुभन्दा प्रतिस्पर्धी होस् । यस्तो विषय होस्, कसैले त्यसको नाम सुन्नेबित्तिकै ‘वाह ! राम्रो विषय पढेछौ । भविष्यमा राम्रो प्रगति गर्छौ तिमीले ।’

विशिष्ट श्रेणीमा एलएसी पास गरेपछि उनले साइन्स पढेर डाक्टर र इन्जिनियर बन्ने सपना नदेखेका पनि हैनन् । तर, प्लस टु पढ्ने क्रममा जीवनले उनलाई यस्तो बाटोमा डोर्यायो कि उनले ध्येय राखे, ‘इन्जीनियर बन्छु त समुन्नत समाज निर्माण गर्ने, डाक्टर बन्छु त समाजका विसंगति चिरफार गर्ने ।’ प्लस टुको परीक्षा सकिनेवित्तीकै उनी त्यस्तो कलेजको खोजीमा लागे । 
०००
कसैले उनलाई नेसनल कलेजको बारेमा सुनाइदियो । उनले चाहेजस्तो समाज अध्ययन गर्ने, विकासका आर्थिक, सामाजिक र वातावरणीय पक्ष दिगो विकासको अवधारणासँग जोडेर उजागर गर्ने विषय भेट्टाए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी सम्झन्छन्, “नेसनल कलेजमा मैले खोजेको वातावरण पाएँ । मैले रिसर्च गर्न सिकें, हरेक सेमेस्टरमा कक्षामा पढेको कुरा स्थलगत अध्ययन गर्न पाएँ । सिकेका कुरा व्यवहारमा उतार्न पाएँ । सेमेस्टर प्रणाली, ग्रेडिङ सिस्टम, पारिवारिक वातावरण मेरा लागि टपर बन्ने आधार बन्यो । पहिलो सेमेस्टर उत्कृष्ट नतिजा ल्याउन नसके पनि मैले त्यो सेमेस्टरलाई फर्केर हेर्नु परेन । मिहिनेत गर्दै गएँ, लक्ष्य नजिक बन्दै गयो ।”
०००

नेसनल कलेजबाट ग्राजुएट गरेपछि गेलालले फर्केर हेर्नुपरेन । उनी भन्छन्, “कलेज पास गरेपछि मलाई अफरहरु आइरहे । वैदेशिक अध्ययनका लागि पनि छात्रवृत्ति प्राप्त गरेको छु । कलेज पढेकै कारण थुप्रै अवसर मिलेका छन् । कलेजले अफर गर्ने विषयको सबैतिर प्रशंसा गरिने रहेछ ।” कजेलले खेल, वक्तृत्वकला तथा विभिन्न गतिविधिमा रुची भएका विद्यार्थीलाई विशेष प्रोत्साहन गरेको उनी बताउँछन् । 

Global Ime bank

गेलाल काठमाडौं विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गर्ने एक्ला विद्यार्थी हैनन् । यसअघि नेसनल कजेजकै छात्र गोपाल त्रितालले पनि उस्तै सफलता हासिल गरिसकेका छन् ।
नेसनल कलेजले विगत २ दशकदेखि काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा ३ वटा विषय अध्यापन गराउँदै आएको छ । नियमित रुपमा आयोजना हुने विभिन्न सेमिनार, कार्यशाला गोष्ठी र अन्र्तक्रियात्मक कार्यक्रमसँगै सामाजिक चासोका विभिन्न विषयका कार्यक्रम कलेजका आकर्षणका केन्द्र हुन् ।

कलेजले प्रदान गर्ने सामूहिक छलफल, स्थलगत अवलोकन र इन्टर्नसिपलगायतका क्रियाकलापले विद्यार्थीलाई जीवनोपयोगी शिप र व्यक्तित्व विकासका लागि ठूलो अवसर प्रदान गर्ने कलेज बताउँछ । नेसनलका पढ्जे विद्यार्थीहरुले जापान, अमेरिका, चीन, बंगलादेश, थाईल्यान्ड, फिलिपिन्ससहित अन्य मुलुकका विश्वविद्यालय एवम् संस्थासँगको एक्स्चेन्ज प्रोग्राममार्फत् अन्र्तराष्ट्रिय ज्ञान, अनुभव पनि हासिल गर्ने अवसर पाउने कलेजले जानकारी दिएको छ । 

नेसनल कलेजमा ब्याचलर इन डेभलपमेन्ट स्टडिज, ब्याचलर इन डेभलपमेन्ट फाइनान्स, ब्याचर इन सोसल साइन्सेसको अध्यापन हुन्छ । 

डेभलपमेन्ट स्टडिज कार्यक्रम आर्थिक, सामाजिक तथा वातावरणीय दिगो विकास अध्ययन हुने कार्यक्रम हो । यसबाट उत्तीर्ण हुने विद्यार्थीहरु विकाससँंग सम्वन्धित विकास आयोजना, आर्थिक तथा सामाजिक अनुसन्धान, नीति निर्माणमा काम गर्ने सरकारी, गैर–सरकारी तथा निजी संस्थामा कार्यरत छन् । कलेजले यस्तै क्षेत्रमा काम गर्न निपुर्ण बनाउने शिप प्रदान गर्ने गरेको छ ।

त्यस्तै, ब्याचलर इन डेभलपमेन्ट फाइनान्स कार्यक्रमा वित्तीय तथा व्यापार, आर्थिक विकास र स्वउद्यम विकासका लागि तयार गरिएको शैक्षिक कार्यक्रम हो । यसबाट उत्तीर्ण हुने विद्यार्थीहरु बैंक, इन्सुरेन्स कम्पनी, लघुवित्त, सहकारी, जलविद्युत, पूर्वाधार तथा विकास निर्माणमा काम गर्ने संस्थामा कार्यरत छन् । यस कार्यक्रमले यस्तै क्षेत्रमा काम गर्न निपुर्ण बनाउने सिप प्रदान गर्ने गरेको छ ।

ब्याचलर इन सोसियल साइन्सेस कार्यक्रम सामाजिक विज्ञान, समाज र सामाजिक परिर्वतनका गतिशिलताको विषयवस्तुमा आधारित कार्यक्रम हो । यस कार्यक्रमबाट उत्तीर्ण हुने विद्यार्थीहरु राज्यको नीति निर्माण तथा सुशासन सम्बन्धी कार्य, सामाजिक संस्था, अनुसन्धानमा आधारित संस्था र संचार–गृह एवम् राजनीतिक मूलधारमा कार्यरत संस्थामा कार्यरत छन् ।

 

\"\"\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC