site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रमा आइटम गीत : पब्लिसिटीमात्रै, व्यापारमा पार्दैन प्रभाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाली चलचित्रको फेहरिस्त प्रस्तुत गरिरहेका थिए, चलचित्रमा वार्षिक साढे २ अर्ब लागानी हुँदै आएको छ । बर्सेनी ९० देखि १२५ वटा चलचित्र प्रदर्शनमा आउँछन् । जसमा लगानी प्रतिचलचित्र ७५ लाखदेखि ४ करोडसम्म हुँदै आएको छ । यसमध्ये ३५ लाख रुपैयाँसम्म उठाउने चलचित्र ६४ वटा, ५० लाखसम्म उठाउने २५ वटा, १ करोडसम्म लगानी उठाउने ८ वटा, २ करोड उठाउने ५ वटा र ७ करोड र त्योभन्दा माथि उठाउने चलचित्र ३ वटा छन् ।’ अधिकारीको यो आँकडाले चलचित्र बजारमा राम्रो संकेत देखाउँदैन । 

निरन्तरको घाटाले चलचित्र उद्योगमा ८० प्रतिशतभन्दा धेरै निर्माता दोहोरिँदैनन् । चलचित्र नचलेपछि निर्माता मात्रै होइन, निर्देशकलाई पनि दोहोरिन सजिलो छैन । त्यसैले चलचित्र चलाउन सधै चलचित्रकर्मीलाई तनाव हुन्छ । 

चलचित्र बनाएर मात्रै हुँदैन, त्यसलाई दर्शकसम्म पुर्याउनु पनि पर्छ । पछिल्लो समय चलचित्र मार्केटिङको टुलका रुपमा टिजर र ट्रेलर बनेका छन् । युट्युबको लोकप्रियतापछि सुरु भएकोे टिजर र ट्रेलरपछि गीतलाई पनि चलचित्रकर्मीले आफ्नो चलचित्रको मार्केटिङ ‘टुल्स’ को रुपमा प्रयोग गर्न थालेका छन् । यसलाई निर्देशक तथा निर्माताहरु सिधै गीत नभनेर ‘ओएसटी’ भनेर सार्वजनिक गर्छन् । यस्तो ओएसटी तत्काल दर्शकको ध्यान खिच्ने खालका निर्माण गरिन्छ । सुरुमा यस्तै खालका गीतलाई आइटम सङ भनिन्थ्यो, अझै पनि भनिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आइटम सङ चलचित्र ‘रातो घर’ मा विल्सन विक्रम राई (तक्मे) ले पनि राखे । बोल थियो, ‘झक्कास झापाली’ । हिन्दी सिनेमाको नक्कल गरेर तयार पारिएको गीतले दर्शकको ध्यान पनि खिच्यो । तर, चलचित्रको व्यापारमा त्यसको असर कस्तो पर्यो भन्ने प्रश्नमा राई भन्छन्, “आइटम गीतले चलचित्रको समग्र व्यापारमा भन्दा पनि त्यसको प्रचारमा चाहिँ केही भूमिका खेल्छ जस्तो लाग्छ ।”

चलचित्र हल्लाले भन्दा पनि कथाले चल्ने उनी बताउँछन् । “आइटम अथवा ओसटी जे भने पनि राम्रो छ र दर्शक तथा स्रोताले मन पराउनु भएको छ भने एउटा शोचाहिँ कस्तो रहेछ, गीत राम्रो थियो हेर्न जाउँ न त है भनेर जालान् तर चलचित्र चल्न त गुदी नै चाहिन्छ,” राईले भने, “गीतले पहिलो दिनको पहिलो शो धाने पनि त्योभन्दा अगाडि बढाउन सक्तैन ।”

Global Ime bank

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ मा ‘उध्रेको चोली...’ बोलको गीत समावेश थियो । चलचित्र हिट भयो । त्यसपछि निर्माण हुने अधिकांश चलचित्रले हुबहु त्यस्तै आइटम सङ राखे । स्वयम् निश्चलले नै उनको अर्को चलचित्र ‘लुट–२’ मा ‘ठमेल बजार...’ बोलको आइटम सङ राखे । 

चलचित्रले इनिसियल व्यापार राम्र्रै गर्यो । चलचित्रको कथावस्तु राम्रो नरहेको समीक्षा र माउथ पब्लिसिटी नभएपछि चलचित्रको व्यापार घटेको थियो । ‘ठमेल बजार...’ दर्शक तथा स्रोताबीच लोकप्रिय गीत हो । 

अर्को आइटम सङ ‘काले दाइ...’ ले पनि नेपाली दर्शक तथा स्रोताबीच राम्रो हाइप बनायो । चलचित्र ‘पर्व’ मा समावेश भएको यो गीतले पनि रिलिजको छोटो समयमै करोड भ्यूज पायो । यसको असर चलचित्रको व्यापारमा कस्तो पर्यो भन्ने जिज्ञासामा ‘पर्व’का निर्देशक दिनेश राउत भन्छन्, “यो चलचित्रमा हामीले जति अपेक्षा गरेको थियौं, त्यो भएन । चलचित्रमा सामान्यतः कमर्सियल हिसाबले आइटम सङ राखिन्छ ।”

व्यापारिक प्रयोजनका लागि राखिने आइटम सङले पनि चलचित्रको व्यापारमा भने ठूलो सकारात्मक असर नपुर्याउने निर्देशक राउत बताउँछन् । “इनिसियल गीत सुनेर जाने केही दर्शक पनि होलान् तर गीतकै आधारमा हलसम्म गएर चलचित्र हेर्न जाने दर्शक धेरै हुन्छन् जस्तो लाग्दैन,” निर्देशक राउत भन्छन्, “दर्शक हलमा गीत होइन चलचित्र हेर्न जाने हो, गीत होइन, चलचित्र हेरेको दर्शकले गीत राम्रो रहेछ हेर्न हलमा जा भन्दैन, चलचित्र चल्न गीत नै राम्रो हुनुपर्छ ।”

पछिल्ला केही वर्षयता लोकलयका गीत पनि चलचित्रमा समावेश गर्न थालिएको छ । ‘छक्का पञ्जा’ को गीत ‘शुर्के थैली खै...’ र ‘पूर्व पश्चिम रेल...’ लोकप्रिय भएपछि त्यसयता अधिकांश चलचित्रले लोकलयमा आधारित गीत समावेश गर्न थालेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC