साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कथा काठमाडौं’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनि तारा...’ बोलको सुगम पोखरेलको संगीतमा रहेको गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द इशान सुब्बाको छ भने संगीत दीपेश सुब्बाले भरेका छन् ।
गीतमा चलचित्रका मुख्य कलाकार आयुशमान देशराज जोशी, प्रियंका कार्की, सन्ध्या केसी, सञ्जोग कोइराला, प्रमोद अग्रहरी फिचर्ड छन् ।
असोज १२ गते रिलिज हुने चलचित्र डेब्यू निर्देशक संगिता श्रेष्ठले निर्देशन गरेकी छन् । काठमाडौंमा बस्ने तीन जना व्यक्तिको कथा समेटिएको भनिएको चलचित्र ‘कथा काठमाडौं’ को कथा पनि निर्देशक स्वयम्ले लेखेकी हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५ १७:३३
प्रतिक्रिया दिनुहोस्