site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजी बार्यन म्युनिखसँग पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा फ्रान्सेली टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । जर्मनीका क्लब बार्यन म्युनिखसँग पीएसजी ३–१ गोलअन्तरले पराजित भएको हो ।

स्टार खेलाडी नेयमार, इडिशन काभनी लगायतका खेलाडीविनै खेलेको पीएसजीले बार्यन म्युनिखसँग पराजित हुन पुगेको हो । खेलको ३१ औ मिनेटमा टिमोथी वाहले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, पीएसजीले आफ्नो अग्रतालाई जोगाउन सकेनन् । पहिलो हाफसम्म १–० गोलले अघि रहेपनि दोस्रो हाफमा भने पीएसजीले ३ गोल खान पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ६०औं मिनेटमा जाभी मार्टिनेजले गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए । त्यसको ८ मिनेटपछि नै खेलको ६८ औ मिनेटमा रेनेटो साञ्चेजले गोल गर्दै बार्यनलाई २–१ गोलको अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा एकपछि अर्को आक्रामक खेल खेलेको बार्यनले खेलको ७८ औं मिनेटमा अर्को गोल गर्न सफल भए । यसबेला बार्यनका जोसु जिक्र्जीले गोल गर्दै ३–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि पीएसजी बार्यनसँग ३–१ गोलले पराजित भएको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement