साहित्य
काठमाडौं । चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘तिम्रै लागि हो...’ बोलको गीत चलचित्र युनिटले युट्युबमार्फत सार्वजनिक गरेको हो ।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा गौरव डगोकरको स्वर छ ।
साउन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘रोमियो एण्ड मुना’ को गीत ‘तिम्रै लागि हो...’ मा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेमभाव समेटिएको छ ।
‘रोमियो एण्ड मुना’ नरेश कुमार केसीले निर्देशित चलचित्र हने ।
चलचित्रमा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरीलगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५ ०७:५५
प्रतिक्रिया दिनुहोस्