site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुर्खेत, रासस । असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ । 

क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए । 
अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ भएको थियो । 

“अबको केहीदिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ,” थापाले भने “पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ ।” खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट हुन सक्ने थापा बताउँछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC