काठमाडौं । नेपालमा एचआईभी एड्स रोगीहरु बढ्दै गएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । सोमबार राजधानीमा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा ३२ हजार ८ सय ३२ जना रहेको अनुमान छ । जसमा उपचारको पहुँचमा १७ हजार एचआईभीका विरामी पुगेका छन् । एचआईभी संक्रमित मध्ये २० हजार २ सय ९४ जना पुरुष १२ हजा ५ सय ६१ जना महिला रहेका छन् ।
नेपालमा आप्रबासी कामदार, लागुऔषध प्रयोगकर्ता, समलिङ्गी, महिला यौनकर्मी र उनीहरुका ग्राहक सवैभन्दा वढी जोखिममा रहेका छन् । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रका अनुसार अहिले नेपालमा एचआईभी एड्स न्युनिकरण गर्न १० प्रतिशत राष्ट्रिय र ९० प्रतिशत वाहिरी स्रोतको परिचालन भएको छ । सरकारले २०१६ देखि २०२० सम्म नयाँ संक्रमितको संख्या ७५ प्रतिशत घटाउने लक्ष्य रहेको छ । यस्तै, विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसारनै सन् २०३० सम्म एड्सको महामारी अन्त्य गर्ने लक्ष्य रहेको जनाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र ईन्टे्र«पिडले हालै सुदूरपश्चिमका ४ जिल्ला कैलाली, अछाम, डोटी र कञ्चनपुुरमा गरेको सर्भेक्षणमा त्यहाँका मानिसहरु यौनजन्य रोगका बारेमा खुलेर नवोल्ने र कतिपयलाई यौनजन्य रोगका बारेमा थाहा नभएको पाइएको केन्द्रका निर्देशक डा. बासुदेब पाण्डेले बताए । उनले भने, “ती जिल्लाका एचआईभी संक्रमित अधिकांश बाहुन, क्षत्री र दलित थिए ।”
केन्द्रका उपप्रमुख डा. शम्भु काफ्लेले भारतमा रोजगारीमा जाने नेपाली कामदार, यौनकर्मी महिला र उनीहरुवाट जन्मने वच्चा सवैभन्दा वढी संक्रमणको जोखिममा रहेको वताए । उनले भने, “सरकारले विदेशी दातृ निकायको सहयोगमा नेपालमा एचआइभी एड्सको रोकथामका कार्यक्रम सञ्चालन गरेर रोगीको पहिचान गरी निःशुल्क वितरण गदै आएको छ ।”