site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेल समूहको निष्कर्ष– विधानबमोजिम चुनाव गरेर प्रदेश समिति विस्तार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नजिकिएको’ आरोप लाग्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएका छन् । सोमबार काठमाडौंको बनस्थलीमा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला र गगन थापा भने उपस्थित भएनन् । 

भेलामा वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, हृदयराम थानी, प्रदीप पौडेल, बद्री पाण्डेय, रामकृष्ण यादव र जीवन परियार उपस्थित थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा सदस्य समेत रहेका नेताद्वय सिंह र बडू सरकारले संसदमा डा. गोविन्द केसीको अनशनलाई बेवास्ता गर्दै दर्ता गराएको चिकित्सा शास्त्र शिक्षा विधेयकको विरोधमा गर्नुपर्ने कारण देखाउँदै बैठकको शुरुआतमै बाहिरिएका थिए । अर्का नेता थापा पनि सोही कारण बैठकमा उपस्थित नभएको बताइएको छ । 

मकवानपुरको हेटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलसँग रुष्ट बनेका नेता सिटौला सोमबारको गुटगत भेलामा उपस्थित नै भएनन् । नेता सिटौलाको नियमित स्वास्थ्य परीक्षण परेकाले भेलामा उपस्थित हुन नसकेको उनी निकट स्रोतले दावी गरेको छ । बसुन्धरामा बैठक चलिरहँदा नेता सिटौला काभ्रेमा रहेको बताइएको छ । 
बैठकमा पौडेल पक्षीय नेताहरुका बीचमा सभापतिलाई पार्टीको विधान अनुरुप चल्न दबाब दिने, आगामी भदौ महिनाभित्रै महाधिवेशन बोलाउनुपर्ने, सरकारको अधिनायवादी चरित्र विरुद्ध संसद र सडकमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ ।  

Global Ime bank

‘‘पार्टीको आन्तरिक प्रस्तुति, र राज्य सञ्चालनका विषयमा गम्भीरतापूर्वक छलफल गरेका छौं,’’ बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने । सञ्चार माध्यममा वरिष्ठ नेता पौडेलले प्रदेशस्तरीय कमिटिमा भागबण्डा खोजेको भन्ने समाचार झुठो भएको दावी गर्दै उनले पार्टीलाई विधि र विधान अन्तर्गत रहेर पारदर्शी ढंगले कार्य सञ्चालन गर्नुपर्नेमा आफूहरु एकमत रहेको जिकिर गरे । 

‘‘हामी एकजुट भएर पार्टीलाई कसरी एकीकृत गर्ने र पार्टीभित्र फुटाउने भन्दा जुटाउने कुरा कसरी सम्भव हुन्छ, त्यतैतिर केन्द्रीत छौं,’’ उनले भने, ‘‘प्रदेश कमिटिमा भागबण्डा खोजियो भन्ने समाचार सरासर झुठो हो ।’’ कांग्रेसको विधान र नियमावलीमा प्रस्ट रुपले उल्लेख भए अनुसार प्रदेशस्तरीय समिति चयन निर्वाचन पद्धती बाहेकको बाटो आफूहरुलाई स्वीकार्य नभएको पनि नेता केसीले स्पष्ट पारे । 

बैठकमा विधान मस्यौदा परिमार्जन समिति गठनका बारेमासमेत छलफल भएको छ । पौडेल पक्षले समितिमा अर्जुननरसिँह केसी, गगन थापा, नवीन्द्रराज जोशी र जीवन परियारमध्ये तीन जनालाई पठाउने तयारी गरेको छ । सभापति देउवाले ७ सदस्यीय विधान मस्यौदा परिमार्जन समितिमा ३ सदस्य पौडेल पक्षलाई दिने तयारी गरेका छन् । उनले समिति गठनका लागि साउन २ गते शीर्ष नेताहरुको बैठक बोलाएका छन् । 

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC