site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी ४ अर्बभन्दा बढी, सबैभन्दा अगाडि भएको कम्पनीको दाबी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चुक्तापुँजी ४ अर्ब ३९ करोड पुर्याएको छ  । नेपालका अधिकांश बीमा कम्पनीलाई बीमा समितिले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउन हम्मेहम्मे भएको बेलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भने २ अर्ब ३९ रुपैयाँ बढी चुक्तापुँजी पुर्याएको हो ।

समितिको २ बीमा कम्पनीहरुलाई २ अर्ब रुपैयाँ चुक्तपुँजी पुर्याउन दिएको निर्देशनभन्दा नै चुक्तापुँजी पुर्याउने कम्पनी आफू रहेको बताउँदै कम्पनीले आफू नेपालका बीमा कम्पनीहरुमध्ये अग्रस्थानमा उभिएको दावी गरेको छ । कम्पनीले भनेको छ, “समितिको निर्देशन पालना गर्नका लागि अधिकाशं बिमा कम्पनीले हकप्रद सेयरको साहारा लिनुपरेको थियो तैपनि उनीहरुले समितिले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सकेका थिएनन् । तर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन आउनु भन्दा पहिले नै २ अर्बभन्दा बढी पुँजी पुर्याइसकेको थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीमा हालसम्म देश र विदेश गरी २४ लाखभन्दा बढी बीमित भइसकेका छन् । यिनै तथ्यांकका माझ कम्पनीलाई नेपाली बीमा बजारमा सर्वाधिक लोकप्रिय बीमा कम्पनी मानिएको कम्पनीको दावी छ ।

कम्पनीले हाल आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना १२५ भन्दा बढी शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले आफ्ना शेयरधनीलाई प्रतिहजार ६५ देखि ८२ रुपैयाँसम्म बोनस दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याएको कम्पनीले दावी गरेको छ ।

Global Ime bank

कम्पनीको वार्षिक कुल बीमा शुल्क १४ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीले हालसम्म १३ अर्ब बीमा दाबी भुक्तानी गरिसकेको छ । कम्पनीको अहिलसम्म ९० हजार जना प्रशिक्षित अभिकर्ता रहेका छन् ।

यसैकारण नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीको बताउँछ । उसले विज्ञप्तिमा भनेको छ, “नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पूँजी तथा बजारको हिसाबले नेपालमै पहिलो र सबैभन्दा ठूलो बीमा कम्पनी हो । अधिकृत पूँजी ८ अर्ब रुपैयाँ रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रु ५७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५० अर्ब रुपैयाँ रहेको छ ।”

कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिले प्रदान गर्ने “बेस्ट म्यानेजमेन्ट अवार्ड” प्राप्त गरिसकेको छ । साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रस्ट एन्ड सुलिभानद्वारा प्रदान गरिने “बेस्ट प्राक्टिस अवार्ड २०१६” अन्तर्गतको “फाइनान्सियल इन्स्टिच्यूसन अफ द इयर – इन्स्योरेन्स कम्पनी”अवार्डसमेत प्राप्त गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC