site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चार पटकसम्म स्थीित भएको अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षक सेवा आयोगले निर्धक्कसँग परीक्षा दिन अस्थायी शिक्षकहरुलाई अपिलसमेत गरेको छ ।  

शिक्षक सेवा आयोगले आउँदो शुक्रबार र शनिबार हुने उक्त परीक्षाका लागि आवश्यक सामग्री सम्बन्धित स्थानमा पुर्याइसकेको छ भने सुरक्षा व्यवस्थालगायत कर्मचारीहरु पनि परिचालित भइसकेका छन् । 

Agni Group
NIC Asia

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ । पहिलो दिन निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

आयोगका अध्यक्ष ताना गौतमका अनुसार परीक्षा सञ्चालन हुने साविकका पाँच विकास क्षेत्रका विभिन्न ५ जिल्लामा गरी १ सय १६ परीक्षाकेन्द्र निर्धारण गरिसकेको छ । आयोगका अनुसार पूर्वाञ्चलमा झापा, मध्यमाञ्चलमा काठमाडौं, पश्चिमाञ्चलमा कास्की, मध्यपश्चिमाञ्चलमा बाँके र सूदुरपश्चिमाञ्चलमा कञ्चरपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

Global Ime bank

पटक पटक स्थगित हुँदै आएको उक्त परीक्षाका लागि आयोगले चैतमा शिक्षा ऐनको आठौं संशोधनमार्फत् पहिलो पटक विज्ञापन खुलाएको थियो । त्यसयता आयोगले चार पटक परीक्षा स्थगित गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय