काठमाडौ । खानीबीद अरुणकुमार सुबेदीद्वारा लिखित जीवन यात्रा लोकार्पण भएको छ । पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त, पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गरेको जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक सास्कृतिक, आर्थक विकास, ऐतिहासिक विषयलाई समेटिएको छ ।
खानी संबन्धी विषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीवन यात्रा युवा विद्यार्थीकाका साथै हरेक क्षेत्रका लागि रोचक, पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।
जीवन यात्राको समीक्षा गर्दे सम्पादकहरु टंक पन्त, तीर्थ कोइराला, गुणराज लुइटेल, भूगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई आंैल्याउदै नेपालको आगामी बाटोको बारेमासमेत पुस्तकमा उल्लेख गरिएको बताए ।
लेखक सुबेदीले आफूले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराएका थिए ।