site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेल्जियमसँग २–१ गोलले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरियो

एजेन्सी । ब्राजिल रसियामा जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो । 

बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।

रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए । यसअघि पहिलो हाफमा बेल्जियमले २–० गोलको अग्रता बनाएको थियो । बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै दोब्बर अग्रता बनाउन सफल भएको थियो ।

बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । केभिनले खेलको ३१औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रतामा पुर्याए । उनले निकै सुन्दर गोल गरेका थिए ।

यसअघि कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गोल गर्न पुगेका थिए । खेलको १३ औं मिनेटमा नै बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किक ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ब्राजिल हार्नुमा उनको आत्मघाती गोल पनि मुख्य कारण बन्यो ।

ब्राजिलले सुरुवाती समयमै एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । पटक पटक ब्राजिलले प्रहार गरेको बल बेल्जियमका डिफेन्डर र गोलकिपरले विफल बनाई दिए ।

बेल्जियमले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २३, २०७५  ०१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro