site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय साउन १ देखि नरहने भएको छ । चालु असार मसान्तमा पनिकाको बजेट सकिएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले आगामी वर्षका लागि पनिकाको बजेट नरहेको भन्दै पनिका खारेज हुन लागेको बताए । 

परीक्षा नियन्त्रक रेग्मीसहितको एक टोलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलसँग भेटेर यसबारे जानकारी गराएका छन् । नियन्त्रक रेग्मीले एसईईको पूरक परीक्षाको तयारी बोर्डले थालिसकेको बताउँदै भने, “पनिका मातहतको काम सबै राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएकाले पनिकाको भूमिका रहँदैन ।”

कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएकाले यी निकाय भूमिकाविहीन भएका छन् । शिक्षा मन्त्रालयको सांगठनिक संरचनाअनुसार पनिका, शिक्षा विभागलगायतका निकाय साउन १ बाट स्वतः खारेज हुनेछन् । 

आगामी साउन २३ गते सञ्चालन हुने २०७४को एसईईको ग्रेड वृद्धि पूरक परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने भएको छ । बोर्डले पूरक परीक्षाको तयारी सुरु गरिसकेको जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro