site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कम्युनिष्टबाट लोकतन्त्र सुरक्षित हुन्छ भन्नु बाघ शाकाहारी हुन्छ भन्नुजस्तै हो : देउवा
Sarbottam CementSarbottam Cement

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको हातबाट लोकतन्त्र सुरक्षित हुन नसक्ने बताएका छन् । मंगलबारदेखि मकवानपुरको हेटौंडामा शुरु भएको कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको सर्वसत्तावादी चरित्रले लोकतन्त्र जोखिममा पर्ने संकेत देखा परिसकेको बताए ।

कम्युनिष्टबाट लोकतन्त्र सुरक्षित हुन्छ भन्ने भ्र्रम बाघ शाकाहारी हुन्छ भन्ने भ्रम समान भएको उनको भनाइ थियो । “कम्युनिष्टहरुको हातबाट लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन,” सभापति देउवाले भने, “कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्छन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने भ्रम जत्तिकै हो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी सोचका कारण मुलुक थप संकटमा परेको दावी गर्दै उनले मुलुकलाई कम्युनिष्टको अधिनायकवादबाट जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकमा तानाशाह लाद्नका लागि गरिरहेको षडयन्त्र विरुद्ध लड्न कांग्रेस एकजुट र बलियो हुनुपर्ने देउवाको भनाइ छ । “एकतावद्ध, संगठित र व्यवस्थित कांग्रेसले मात्रै त्यो जिम्मेवारी बहन गर्न सक्छ,” उनले भने, “यसका लागि म गम्भीर छु र साथीहरुलाई पनि गम्भीर बन्न आग्रह गर्न चाहन्छु ।” 

कांग्रेस सभापति देउवाले जनताका हक अधिकार कुनै पनि हालतमा खोसिन नदिन कांग्रेस सचेत हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले कम्युनिष्ट पार्टीबीचको एकीकरणकै कारण निर्वाचनमा पराजय व्यहोरेको दोहोर्याए । “उनीहरुको एकीकरणबाट चुनौतीहरु थपिएका छन् तर म चिन्तित भएको छैन् । मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरेको छु । यसका लागि सवै साथीभाइहरुलाई एकजुट भई सहयोग गर्न पनि आग्रह गर्दछु ।” 

Global Ime bank

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले साम्यवाद भने पनि सामाजिक फाँसिवादको बाटोमा गइरहेका टिप्पणी गरे । दुई पार्टी मिलाएर एउटै कम्युनिष्ट पार्टी बनेको ने क पाका नेताहरुले मुलुकमा कम्युनिष्ट शासन ल्याउने भनेपनि ल्याउन नसक्ने उनले दावी गरे । 

“अहिले एमाले र माओवादी मिलेर एउटा कम्युनिष्ट पार्टी बनेको छ । उनीहरुले कम्युनिष्ट पार्टी स्थापना भएको छ । उनीहरुले कम्युनिजम ल्याउने भनेका छन् । मलाई कम्युनिजम हेर्न मन छ,” नेता पौडेलले भने, “माक्र्सवाद वा कम्युनिजम भनेको वगैविहिन समाज हो तर नेपालका कम्युनिजम शासनमा वर्गविहिन समाज बनाउँ छन् कि पक्षपाती समाज जन्माउछन् भन्ने मलाई हेर्न मन छ । आज कम्युनिजम ल्याउछु भन्ने कम्युनिष्टहरु वर्गविहिन समाज होइन, पक्षपाती समाज बन्दैछ ।” 

उनले सरकार दुई तिहाई मत पुर्याएर मुलुकलाई साम्यवाद तर्फ लैजान खोजे पनि उनीहरुसँग कुनै आँट नभएकोसमेत दावी गरेका छन् । “मरिहत्ते गरेर दुई तिहाई जुटाउन लागेका छन् । अहिले दुई तिहाई पु¥याएर साम्यावाद होइन सामाजिक फाँसिवाद तर्फ मुलुकलाई लैजान प्रयास भएको छ,” नेता पौडेलले भने, “साम्यवाद ल्याउने त अहिलेका कम्युनिष्टहरुसँग नैतिकता पनि छैन हिम्मत पनि छैन ।” 

उनले भेलामा सहभागी भएका कांग्रेसका जिल्ला सभापतिहरुलाई पार्टीभित्र पछिल्लो समयमा देखा परेका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्न निर्देशन दिए । “कांग्रेसका चुनौती के के छन् ? यो सवै विषयमा कांग्रेसका सवै जिल्ला सभापतिहरु जानकार हुनुहुन्छ । कांग्रेसको संगठनको बारेमा पनि सभापतिहरुलाई जानकारी छ । समस्या कहाँ निर छ । अनि किला कहाँ बिझेको छ । तपाईहरु जानकार हुनुहुन्छ,” उनले भने, “कांग्रेसमा अहिले एकता एकता किन भनिदैछ । त्यो बारेमा पनि तपाई सभापतिहरु जानकार हुनुहुन्छ । पार्टीको बैमनस्यता छ र न एकता एकता भनिएको छ । खास गरि यो भेलाको मुख्य एजेण्डा नै पार्टी एकता हुने देखिएको छ ।” 

पार्टीमा एकता कायम गर्नका लागि नेतृत्वबाट अन्यायको अन्त्य र पारदर्शीता अपनाउनु पर्ने उनको भनाइ थियो । “एकता हात उठाएर होइन, कार्यकर्ताहरुमा पार्टीमा केही गरौ गरौ भन्ने भावना जागृत गराउनु पर्यो,” वरिष्ठ नेता पौडेलले भने, “पार्टी एकताका आधार के हुन् ? पार्टी एकताको सूत्र के हो ? त्यसको निक्र्यौल हुनु पर्दछ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC