एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा ट्युनिसियाले इंग्ल्याण्डविरुद्ध १–१ गोलको बराबरी बनाएको छ । ट्युनिसियाले पेनाल्टीबाट बराबरी गोल गरेको हो ।
इंग्ल्याण्डका खेलाडीले आफ्नो डिबक्सभित्र ट्युनिसियाका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा फेर्जानी ससीले गोल गर्दै ट्युनिसियालाई बराबरीमा पुर्याएका हुन् ।
यसअघि इंग्ल्याण्डले खेलको ११ औं मिनेटमा नै अग्रता बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले कर्नर प्रहारबाट आएको बललाई ट्युनिसियाको जाली चुमाएका थिए ।
१ पटक विश्वकपको उपाधि उचालेको इंग्ल्याण्ड जित सुनिश्चित गर्ने दाउँमा छ । ४ पटक मात्रै विश्वकप खेलेको ट्युनिसियाले भने इंग्ल्याण्डलाई रोक्दै अंक खोस्ने लक्ष्यमा रहेको छ ।
सन् १९९८ मा भएको विश्वकपमा इंग्ल्याण्डले ट्युनिसियालाई २—ं० गोलले पराजित गरेको थियो । २० वर्षपछि पुनः विश्वकपमा एकै समूहमा परेका ट्युनिसिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भएको हो ।