site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सोल । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयाअनुसार बिहीबार १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यो पहिलो पटक यसरी वार्ता भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो । 

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुगेका हुन् ।  

Global Ime bank

त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गर्नु भएको छ । उहाँहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ । 

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC