site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ललित मेमोरियल यु–१८ फुटबलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको जित
Sarbottam CementSarbottam Cement

काटमाडौं । ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको खेलमा थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लबले जित हात पारेका छन् । थ्रीस्टारले मनाङलाई र फ्रेन्ड्सले सुदूरपश्चिमाञ्चललाई पराजित गरेका हुन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा थ्रीस्टारले मनाङ मर्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको ४४ औं मिनेटमा थ्रीस्टारका लागि टिकाराज गुरुङले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १–० गोलअन्तरले पछि परेको मनाङले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । 

त्यस्तै, प्रतियोगिताअन्तर्गत बुधबारै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले सुदूरपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ । खेलको १०औं मिनेटमा सन्देश न्यौपानेले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि फ्रेन्ड्सले सुदूरपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

Global Ime bank

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै, उत्कृष्ट फरवार्ड, मिड्फिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC