site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
किम जोङका ‘रनिङ बडिगार्ड’ विश्वकै खतरनाक सैनिक !
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली शासक किम जोङ–उन आफ्ना सबैभन्दा खतरनाक र कुशल सुरक्षाकर्मीको जत्थाका साथ सिंगापुर पुगीसकेका छन् । उत्तर कोरियाली शासक किमका ती निजी बडिगार्डहरु यस पटक गरेर दोस्रो पटक विश्व सामु देखिएका हुन् । 

किमको सेनामा सहभागी रही रहेका री–योङ–गुकले उत्तर कोरियाका तानाशाहसँग  अलग–अलग छ वटा सुरक्षा व्यवस्था रहेको बताएका छन् । उनीहरुलाई विश्वकै शक्तिशाली सुरक्षा व्यवस्था मध्येमा मानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ती बडिगार्डहरु किमको बख्तरबन्द कारका साथ दौड्दै सुरक्षा प्रदान गर्ने गर्दछन् । उनीहरु सिंगापुरमा कालो पोसाक र टाई पहिरेर उत्तर कोरियाली शासक किमको कालो सिसायुक्त मर्सिडिजका साथ दौडी रहेको अवस्थामा देखिएका छन् । 

यसरी हुन्छ रनिङ बडिगार्डको छनोट 

Global Ime bank

किमका बडिगार्डहरुलाई उनीहरुको शौन्दर्यता, शारिरिक सुगठन र सैन्य कौशलका आधारमा छनौट हुने गर्दछ । ती बडिगार्डहरुलाई सेनाका विभिन्न टुकडीहरुबाट छनोट गरेर कडा प्रशिक्षण पछि मात्रै शासक किमको सुरक्षाका लागि तैनाथ गरिदै आइएको बताइएको छ । 
पश्चिमा सञ्चार माध्यमहरुले यस अघि गत अप्रिलमा आयोजित कोरिया समिटका दौरान किमका रनिङ बडिगार्डहरु प्रति विश्व समुदायको ध्यान आकर्षित गरेका थिए । अहिले दोस्रो पटक पनि सिंगापुरमा हुन गइरहेको अमेरिका–उत्तर कोरियाबीचको ऐतिहासिक सम्मेलनको पूर्वसन्ध्यामा ती रनिङ बडिगार्डहरुको चर्चाले सामाजिक सञ्जाल तातेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ०५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC