site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
डा. गौतमको 'प्याथोलोजी मार्गदर्शन' सार्वजनिक 

काठमाडौं । वरिष्ठ प्याथोलोजिस्ट डा. केयूर गौतमले प्याथोलोजीका सबै पाटापक्षहरू समेटिएको पुस्तक ‘प्याथोलोजी मार्गदर्शन’ ल्याएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. गौतमका बुवा मुरारीप्रसाद गौतम र प्याथोलोजिस्ट डा. देविश प्याकुरेलका बुवा विनोदप्रसाद शर्माले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे र

पुस्तक सार्वजनिकपछि बोल्दै मुरारीप्रसाद गौतमले पुस्तकमा स्वास्थ्य र प्रयोगशालासँग जोडिएका महत्त्वपूर्ण विषयहरू सरल शैलीमा प्रस्तुत गरिएको बताए । "सबै उमेर समूह र विशेषगरी ४० वर्षपछिका मानिसहरूमा आउने स्वास्थ्य समस्याहरूको प्रयोगशाला परीक्षणबारेमा सरल भाषामा सलल बग्ने गरी लेख्न सक्नु पुस्तकको मुख्य विशेषता हो," उनले भने, "अहिले गाह्रो शब्दहरू राखेपछि विद्धान भइन्छ भन्ने सोच छ । तर, सरल शैलीमा लेख्न सक्नु लेखकको खास खुबी हो । यो पुस्तक सरल शैलीमा तयार पारिएको छ ।"

Dabur Nepal
NIC Asia

उनले पुस्तक बिरामीहरूका लागि पनि उपयोगी रहेको उल्लेख गरे । 

लेखक डा. गौतमले प्रयोगशालामा काम गर्ने क्रममा देखिने समस्या, बिरामीहरूले बारम्बार सोधिरहने प्रश्न, प्रयोगशाला रिपोर्टमा रहेको कन्फ्युनजस्ता कुराहरूलाई लिएर पुस्तक लेखिएको बताए । "१५ वर्षदेखि म प्याथोलोजी विषयसँग नजिक छु । यो जति पढ्यो त्यति रमाइलो थप जान्न मन लाग्ने विषय छ । प्याथोलोजी मेरो हृदयसँग एकदमै नजिक छ," डा. गौतमले भने, "प्रयोगशालामा काम गर्ने क्रममा देखिने समस्या, बिरामीहरूले बाम्बार सोधिरहने प्रश्न र रिपोर्टमा देखिने कन्फ्युजनजस्ता विषयलाई सम्बोधन गर्ने क्रममा यो पुस्तक तयार भएको हो ।" 

प्रयोगशालाका सम्बन्धमा निरन्तर आइरहने समस्याहरूलाई सरल शैलीमा लेखिएको पुस्तकमा १०० शीर्षकहरू छन् । ४११ पृष्ठ रहेको उक्त पुस्तकमा प्रयोगशालामा रगत तान्ने, रगत परीक्षण अघि अपनाउनुपर्ने सावधानी, गुणस्तरीय प्रयोगशाला रिपोर्ट तयार पार्न आवश्यक कुरा, विभिन्न जाँचहरू गर्नुपर्ने कारण, जाँचहरू गर्नका लागि आवश्यक तयारीलगायतका प्रयोगशाला सम्बन्धि विविध विषयहरू समेटिएका छन् ।

पुस्तक आम मानिसहरूसँगै चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्सलगायत चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपयोगी छ ।

पुस्तक तत्काल जावालाखेलस्थित सम्यक डाइग्नोस्टिक प्रालिमा उपलब्ध हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro