site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बम फ्याक्ट्री’ बाट नेपथ्यको शान्ति र एकताको सन्देश
Sarbottam CementSarbottam Cement

डालास (टेक्सास) । हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखाना स्थापना गरेका थिए । दोश्रो विश्वयुद्धताका भने यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए । यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ ।

सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरि पुनःनिर्माण गरेपछि यो संभव भएको हो । यो त्यही थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनली ले आफूलाई प्रस्तुत गरिसकेका थिए ।

‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान कलाकारहरुले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो,’ कन्सर्ट सकिने बित्तिकै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘हामी यी दुवै गायकहरुलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो ।

‘दुइ घन्टाको कार्यक्रमभरि एक निमेष पनि मैले अरु कुराबारे सोच्नै पाइँन र पुरै कन्सर्टमै केन्द्रित भएछुँ,’ पाइलट अध्ययनका निम्ति अमेरिका बसोबास गर्दैै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुइ घन्टा बन्न पुग्यो ।’

Global Ime bank

कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो । त्यसलाई ब्याण्डको एक पछि अर्को सदाबहार र नयाँ अल्बमका गीतहरुले निरन्तरता दिएर दर्शकलाई सँधैजस्तै बाँध्न सफल भएको थियो ।

आजसम्म नाम नराखिएको ब्याण्डकोे दसौं एल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोशीको पानी यो जिन्दगानी’ लाई दर्शकले असाध्यै रुचाएका थिए । त्यसैगरि सदाबहार गीततर्फ ‘भेँडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतहरुले दर्शकको जोशलाई बढाएको थियो । कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले माहोल पुरै देशभक्तीमा डुबाएको थियो ।

‘नेपथ्यले आज मलाइ घरको याद दिलायो,’ १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दैआएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरु सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहिँ घर फर्केर देशकै निम्ति केहि गरौं भन्ने भावना बढेको छ ।’
कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णनहरु सुनाउँदै दर्शकहरुलाई पनि नेपालका गाउँघरको भ्रमण गर्नका निम्ति उत्साहित पारेका नेपथ्यले जनाएको छ ।
डालासको यो प्रस्तुती ब्याण्डले लामो समयको प्रतिक्षापछि सम्पन्न गर्न सकेको हो ।

‘हामीले सन् २०१२ ताकै ब्याण्ड अमेरिका भ्रमणमा रहेको बेला यहाँ पनि बोलाउने प्रयास गरेका थियौं,’ आयोजक टिमका बचन तिवारी भन्छन्, ‘तर, त्यतिबेला सफल हुन सकेनौं ।’

आयोजक टिमका अर्का सदस्य दिवस थापाका अनुसार सन् २०१५ मा फेरि कन्सर्टका निम्ति नेपथ्य अमेरिका आउँदा उनले न्यूयोर्कका आयोजकहरुसँग यस बारेमा कुराकानी गरेका थिए । त्यतिबेला पनि सफलता हात लागेन ।
अन्ततः त्यहि प्रयासको प्रतिफलमा यसपाला ब्याण्डलाई डालास निम्त्याएर कार्यक्रम सम्पन्न गर्न सफल भएको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC