site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बर्षा र रोहितलाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । बर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा स्वर्ण जितेका छन् । हल्चोकस्थित एपीएफको कभर्डहलमा शुक्रबार भएको महिला एकल कातामा एपीएफ बीकी बर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को अन्तरमा हराईन् । महिला एकल कातामा त्रिभुवन आर्मी क्लबकी संगिता मगर र प्रदेश ५ की रश्मी पाण्डे संयुक्त रुपमा तेस्रो भए ।

पुरुष एकल काताको उपाधि भिड्न्तमा प्रदेश १ का रोहितले एपीएफका गुगिराम घलेलाई ३–२ को आधारमा हराउदै स्वर्ण हात पारे । पुरुष एकल कातामा आर्मीका डम्बर आलेमगर र प्रदेश ४ का शेरवहादुर धानुक सयुक्त रुपमा तेस्रो भए ।

Prabhu Bank
Agni Group
NIC Asia

काताको महिला तथा पुरुष दुवै स्पर्धामा आर्मी क्लबले स्वर्ण जितेका छन् । आर्मीले महिला तथा पुरुष दुबै तर्फको उपाधि भिड्न्तमा प्रदेश ४ लाई हराउदै स्वर्ण जितेको हो । महिलातर्फ प्रदेश ६ र प्रदेश १ ले तेस्रो स्थान हात पार्दा पुरुषतर्फ प्रदेश १ र प्रदेश ५ ले कास्य जिते ।

महिला कुमुतेको ४५ केजी तौल समूहमा आर्मीकी कुसुम खड्का,एपीएफ बी की बर्षा बुढामगर र भुटानकी दिपा तामाङले सेमिफाईनलमा स्थान सुरक्षित बनाएका छन् । पुरुष कुमुतेको ६७ केजी तौल समूहमा एपीएफ बी का नबिन रसाईली सेमिफाईनलमा स्थान सुरक्षित गरेका छन् । उनले क्वाटर फाईनलमा प्रदेश १ का रुरिहाङ राईलाई ९–८ अंकको आधारमा हराएका थिए । नबिन एसियाडमा छनोट भएका खेलाडी हुन् ।

Global Ime bank

सशत्र प्रहरी बलको एपीएफ क्लब र नेसनल सोतो कराँते डो एशोसियसनको आयोजनामा जारी प्रतियोगितामा भारत,पाकिस्तान,बंगलादेश,श्रीलंका,भुटान,जापान र नेपालका सात प्रदेश त्रिभुवन आर्मी र एपीएफका दुई टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रत्येक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार,रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार प्राप्त गर्ने आयोजक संघका महासचिव फडिन्द्र ओझाले जानकारी गराएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC