site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कहाँ छन् गोरेले नाम लिएका एसएसपी श्याम खत्री ? प्रहरी भन्छ– खोजिरहेका छौं

काठमाडौं । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा फारार अभियुक्तमध्ये चर्चित नाम हो एसएसपी श्यामबहादुर खत्री । सुन गायब र सनम शाक्यको हत्या प्रकरणमा खत्रीको नाम जोडिएपछि उनी फरार छन् ।

मोरङ जिल्ला अदालतमा खत्रीसहित फरार अन्य अभियुक्त विरुद्ध संगठित अपराध ऐनअन्तर्गत मुद्दा दायर भएको छ । यो प्रकरणमा पक्राउ परेका ३० जनामध्ये २८ जना पूर्पक्षका लागि जेल चलानसमेत भइसकेका छन् । गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पोडेल नेतृत्वको उच्चस्तरीय छानबिन समितिले सुन तस्करीमा एसएसपी खत्रीको समेत संग्लनता रहेको औंल्याएको थियो । सुन गायब र सनम हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ मंगलबार पक्राउ परेपछि अब पहिलो खोजीमा एसएसपी खत्री रहेको समितिका एक सदस्यले बताए । “गोरे नै पक्राउ परेको अवस्थामा हामी श्याम खत्रीको खोजी गम्भीरतापूर्वक गरिरहेका छौं,” ती सदस्यले भने । 

Dabur Nepal

बुधबार मोरङ अदालतमा बयान दिने क्रममा गोरेले पनि सुन तस्करी र सनम हत्यालगायत सबै कुराको बारेमा एसएसपी श्याम खत्री र एमके अग्रवाललाई थाहा भएको बताएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार एसएसपी खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । खत्री वैशाख १२ गते हाजिर हुनुपर्ने हो । बिदा लिएयता एसएसपी खत्री सम्पर्कविहीन भएका थिए ।

अनुसन्धान समितिले खत्रीका चालक विष्णुबहादुर खड्कालाई पक्राउ गरेको थियो । खड्का मोरङ जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटिसकेका छन् । एसएसपी थापाले खत्री अहिले स्वतः निलम्बन भइसकेको बताउँदै प्रहरी प्रधान कार्यालयले तोकिएको समयमा उपस्थित नभएपछि आफ्नो कानुनी प्रक्रिया सुरु भएको बताए । बिदा बसेको १५ दिनसम्म पनि कुनै पनि तहको प्रहरी सम्पर्कमा नआए ताकेता गर्ने, खोजी गर्ने र नभए निलम्बन तथा बर्खास्तसम्म हुने एसएसपी थापाले बताए । 

उच्च स्रोतका अनुसार एसएसपी खत्री नेपालबाहिर छन् । उनी पक्राउ परेमा प्रहरी उच्चतहका अधिकारीको पनि पोल खुल्नसक्ने बताइएको छ । खत्रीको खोजीका लागि प्रहरीको विशेष व्युरो र सिआइबीको टोली खटिएको छ । 

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई छानबिन समितिले बयानका लागि बोलाएको थियो । सुन गायब र सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता जोडिएको पाइएपछि समितिले खत्रीलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । खत्रीको खोजीका लागि देशभरका प्रहरी कार्यालयमा सर्कुलरसमेत जारी भएको छ । गोरे र एसएसपी खत्रीको सम्पर्क रहेको समितिको अनुसन्धानमा खुलेको थियो  । खत्री यसअघि २०७३ पुष २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुनमा पनि मुछिएका थिए ।

उनको संग्लनता देखिएको भन्दै सिआइबीको टोलीले उनलाई पक्राउसमेत गरेको थियो । पछि उनको निलम्बन फुकुवा भएको थियो । त्यतिबेला पनि नेपाल आएको साढे ३३ किलो सुन गोरेकै भएको अनुसन्धानबाट खुलेको भए पनि उनको वास्तविक नाम र ठेगाना पत्ता लगाउन नसक्दा उनलाई फरार अभियुक्त तोकिएको थिएन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro