site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट ११४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मङ्गलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडारुपमा तातो हावा चलेको छ । यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । 

इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् । यस प्रकारका ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ । 

Global Ime bank

यद्यपी स्वास्थ्य अधिकारीले भने इदही समूहले दिएको तातो हावाबाट ज्यान गुमाएका भनिएका ती व्यक्तिको मृत्युको कारण पत्ता लागि नसकेको जनाएको छन् । 

पाकिस्तानको मौसम विज्ञान विभागले कराँचीमा एक हप्तासम्म ४३ वा ४४ डिग्री सेल्सियससम्म तापक्रम रहने चेतावनी दिएको छ । 

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सन् २०१५ मा तातो हावाबाट कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो । पाकिस्तानका यी नगरमा यस समयमा प्रायःतातो हावा चल्ने गर्दछ । अत्यधिक गर्मीका कारण चल्ने यो तातो हावाबाट यी स्थानमा वर्षेनी नागरिकको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC