site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा बन्द
SkywellSkywell

महेन्द्रनगर । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । 

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् । 

Dabur Nepal
NIC Asia

गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो । मन्त्रालयले बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सिधा बस नियमित सञ्चालन हुन नसक्ने जनाएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थललगायत प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सञ्चालन गर्नुपर्ने भएकाले दुवै देशको संयुक्त बैठक छिट्टै बसेर निर्णय गर्ने जानकारी दिए । बस सेवा रामायण सर्किट हुँदै सञ्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको बताइएको छ । रामायण सर्किटमा कुन–कुन स्थल जोडिने भन्ने तय हुन अहिले बाँकी नै छ । सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, वाल्मीकि आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताइएको भए निश्चित हुन बाँकी छ । 

दुवै देशका प्रधानमन्त्रीबीच भेट हुने अवसर विरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सञ्चालन गरिएको मन्त्रालयलले जनाएको छ । राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा भारतको सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुनेछ । सीतामढी हुँदै अयोध्या पुग्न करीब १२ घण्टा लाग्छ । जनकपुरबाट अयोध्याको दूरी ५४४ किलोमिटर छ । पहिलोपटक जनकपुरबाट अयोध्या गएको बसको यात्री बनेर फर्किएकी जनकपुरकी उपप्रमुख मिश्रले आफूहरु भिट्टामोड हुँदै भारतीय राजमार्गबाट अयोध्या पुगेको बताइन् । उनका अनुसार करीब १० घण्टाको यात्रापश्चात् जनकपुरबाट अयोध्या पुगेको थियो । 

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट, भाडा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सञ्चालन हुने अहिले केही भन्न नसकिने बताए । 
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बसको भाडा, रोकिने स्थल, बस सेवा नेपाली वा भारत कुन कम्पनीले सञ्चालन गर्ने लगायतका निर्णय हुनुपर्दछ । सम्भवतः हाल काठमाडौँ दिल्ली चलिरहेको बस से बमोजिम नै जनकपुर अयोध्या बस सेवा सञ्चालन हुने सम्भावना रहे पनि त्यसका लागि केही महिना कुर्नुपर्ने बताइएको छ । 
– अजयकुमार साह (रासस)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro