एजेन्सी । एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति फाइनल खेलमा मार्सेलीलाई ३–० गोलअन्तरले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।
एथ्लेटिको मड्रिडलाई उपाधि जिताउन एन्टोनी ग्रिजम्यानले २ र कप्तान गाबीले १ गोल गरे । पहिलो हाफमा १ गोलले अघि रहेको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा थप २ गोल गर्दै उपाधि जितेको हो । खेलको २१औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलोसम्म मार्सेली एथ्लेटिको मड्रिडसँग १–० गोलअन्तरले पछि परेको थियो ।
खेलको ४९औं मिनेटमा ग्रिजम्यानले नै दोस्रो गोल गर्दै एथ्लेटिको मड्रिडलाई दोब्बर अग्रतामा पु¥याएका थिए । खेलको ८९औं मिनेटमा कप्तान गाबीले गोल गर्दै आफ्नो टिमलाई ३–० गोलको जित दिलाउँदै उपाधि दिलाएका हुन् ।
९ वर्षभित्र एथ्लेटिको मड्रिडले युरोपा लिगको तेस्रो उपाधि उचालेको हो । यसअघि सन् २०१० र २०१२ मा एथ्लेटिको मड्रिडले युरोपा लिगको उपाधि उचालेको थियो ।