site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
प्रधानमन्त्री मोदीविरुद्ध राष्ट्रपतिलाई मनमोहन सिंहको गुनासोसहितको पत्र
Sarbottam CementSarbottam Cement

बीबीसी । “कांग्रेसका नेता कान खोलेर सुन । यदि सीमा पार गरे यो मोदी हो । लिनुको दिनुपर्ला....’’

कर्नाटकको हुबलीमा ६ मे का दिन दिइएको प्रधानमन्त्री नरेन्द्र मोदीको यो भाषणलाई लिएर कांग्रेसले उनीमाथि अभद्र भाषा प्रयोग गरेको आरोप लगाएको छ । 

यसैबीच कांग्रेसका तर्फबाट पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर मोदीविरुद्ध कडा शब्दमा गुनासो गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मोदीले प्रधानमन्त्री पदको मर्यादा नाघेको कांग्रेसको भनाई छ । कांग्रेसको उक्त पत्रमा मनमोहन सिंहसँगै पार्टीका अन्य वरिष्ठ नेताहरुले पनि हस्ताक्षर गरेका छन् । 
कांग्रेसको पत्रमा उल्लेख सात कुरा 

१– भारतका प्रधानमन्त्रीलाई भारतको संविधानतह एक विशेष स्थान प्राप्त छ । उनले संघीय क्याबिनेटको नेतृत्व गर्दछन् । संघको कार्यपालिका उनलाई रिपोर्ट गर्दछ भने आदेश पनि लिन्छ । 
२– प्रधानमन्त्रीको कार्यालयको कार्यभार सम्हाल्दा उनले यो पदको शपथ लिनु पर्दछ । अतीतमा सबै प्रधानमन्त्रीहरुले सार्वजनिक र निजी कामकाजमा यसको मर्यादा राखेका छन् । 

Global Ime bank

३– हाम्रो लोकतान्त्रिक राजव्यवस्थामा प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतमा धम्काउने र उक्साउने शब्दहरुको प्रयोगको कल्पनासम्म गर्न सकिदैन । प्रमुख विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसका नेताहरुलाई सार्वजनिक रूपले चेतावनी दिने कुरा पनि कल्पना गर्न सकिदैन । 

४– कांग्रेस नेतृत्वलाई दिइएको प्रधानमन्त्रीको धम्की निन्दनीय छ । १.३ अर्ब जनसंख्या भएको संवैधानिक र लोकतान्त्रिक सरकार भएको देशमा यो प्रधानमन्त्रीको भाषा हुनै सक्दैन । यस्तो भाषा चाहे उनले सार्वजनिक रुपमा गरुन् अथवा निजी रूपमा, यो स्वीकार गर्न लायक छैन् ।

५– जुन शब्द प्रयोग गरिएको छ, त्यो धम्काउने र उक्साउने वाला छन् । यसको उदेश्य अपमानित गर्नु र माहौल बिगार्नका लागि उक्साउनु हो । 

६– कांग्रेस यो देशको सबैभन्दा पुरानो पार्टी हो । उसले कयौं चुनौतीहरुको सामना गरेको छ । कांग्रेस नेतृत्वले यस्ता चुनौतीहरु र खतराहरुको सामना गर्न सधै नै साहस र निडरता देखाएको छ । हामी यो भन्न चाहन्छौं कि न हाम्रो पार्टी न हाम्रा नेता यस्ता धम्कीका सामु झुक्ने छन् । 

७– कि प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई सल्लाह र मार्गदर्शन दिनु भारत संघको प्रमुखको हैसियतले भारतका राष्ट्रपतिको यो ठूलो जिम्मेवारी हो । चुनाव प्रचारमा नै किन नहोस् प्रधानमन्त्रीबाट यस्तो धम्कीपूर्ण भाषाको अपेक्ष ागर्न नसकिने हामी स्पष्ट पार्न चाहन्छौं । 
https://www.bbc.com/hindi/india-44108320

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC