site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतङ्ककारी मारिएको खबर छ । 

अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतङ्ककारी मारिनुको साथै १४ जना घाइते भएका जनाइएको छ । 

त्यस्तै छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ । 

Global Ime bank

यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । 

अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC