काठमाडौं । गायब भएको भनिएको ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा आज (बुधबार) उच्च प्रहरी अधिकारीसहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदैछ । मोरङ प्रहरीले दर्ता गर्न लागेको मुद्दामा फरार रहेका चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको छ ।
पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयमार्फत् पक्राउ परेका र फरार रहेकाहरुलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिन लागेको मोरङ प्रहरी स्रोतले बतायो । २८ जना पक्राउ परेका र अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता हुनेछ ।
सुन तस्करका मुख्य नाइके मानिएका फरार मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिनेछ । यस्तै, पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाललगायत १३ जनालाई प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुनेछ । त्रिभुवन विमानस्थलबाट गत माघ ७ गते भित्रिएको भनिएको ३३ किलो सुन प्रकरणमै जोडिएर फागुन १८ मा मोरङका सनम शाक्यको हत्या भएको थियो । त्यसपछि प्रहरी हिरासतमै प्रेमनारायण चौधरीले आत्महत्या गरेका थिए ।
यी हुन् पक्राउ परेका २८ जना
प्रहरी अधिकारीहरु : पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्का
विमानस्थलका कर्मचारीहरु : थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारु
व्यापारीहरु : भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य
सनम शााक्य हत्याका प्रतिवादी : मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमार
फरार प्रतिवादी : चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, गोरेका भाइ रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायत