site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको अस्पताल लिलाम गर्न अदालतले फुकाइदियो बाटो
फाइल तस्बिर ।

काठमाडौं । बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार (हिजो) खारेज गरिदिएको हो ।

“केही दिन सम्झौताको अवधि बाँकी रहेको भन्दै त्यतिन्जेलसम्म रोकिदिनका लागि निषेधाज्ञाको रिट परेको थियो । मंगलबार रिट खारेज हुने आदेश भएको छ,” उच्च अदालत विराटनगरको इलाम इजलासका रजिस्ट्रार तीर्थराज भट्टराईले बाह्रखरीसँग भने, “उहाँहरूबाट माग नभएकाले संक्षिप्त आदेश भएको छैन । केही सयममै आदेशको पूर्णपाठ आउनेछ ।”

रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । ऋण असुली नभए बैंकले प्रसार्इंको पूर्वाञ्चल क्यान्सर अस्पताल लिलाम समेत गर्न सक्नेछ ।

पछिल्लो समय प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका थिए । प्रसाईंको अभियानका कारण ग्रामीण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाहरू ऋण असुली गर्न जान नसक्नेसम्मको अवस्था निम्तिएको थियो ।

प्रसाईंले समूह नै खडा गरेर लघुवित्तविरुद्ध आन्दोलन चर्काएका थिए । आफ्नै अस्पतालका निम्ति लिएको ऋणको असुली रोक्न भने प्रसाईं अदालत गएका थिए ।

न्यायाधीशले राय किताबमा ‘निवेदकले विपक्षी बैंकउपर यसै निवेदनलाई उल्लिखित ऋण कर्जाको विषयलाई लिएर करारको यथावत् परिपालन गराई पाऊँ भनी मुद्दा दायर गरी साधारण क्षेत्राधिकारअन्तर्गत कानुनी उपचारको प्रक्रिया अवलम्बन गरिसकेको देखिएको र मिति २०८०–१– १० को पत्रको प्रयोजन नै समाप्त भइसकेको देखिएको’ उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro