site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारतीय धर्म गुरु आशारामलाई जोधपुर जिल्ला अदालतले बलात्कारको मुद्दामा जन्मकैदको सजाय दिएको छ । 
लाखौं भक्त भएका ७७ वर्षीय आशाराम भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन् । उनीमाथि एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सन् २०१३ देखि मुद्दा चल्दै आएको थियो । आशाराम पूर्पक्षका लागि कैदमै राखिएको थियो । 
एजेन्सीहरूका अनुसार पाकिस्तानमा सन् १९४१ मा जन्मेका अशुमल हरपलानीको परिवार विभाजनपछि भारत आएको थियो । यिनै हरपलानीपछि आशाराम बापुका नामले भक्तहरूबीच चर्चित भएका थिए । 
आशाराममाथि मुद्दा चलाइएपछि तीन जना साक्षीहरूको हत्या भइसकेको छ । प्रहरीले हत्याको मामिलामा पनि छानबिन गरिरहेको बीबीसीले जनाएको छ । 
गत वर्ष अर्को धर्मगुरु रामरहिम पनि बलात्कारलगायतको मुद्दामा पूर्पक्षका लागि कैदमा राखिएको छ । 
आशारामसँगै शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश पनि दाेषी ठहिरएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC