site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुकुम ।  प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । 

ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वमन्त्री शर्माले बालबालिकालाई विद्यालय भर्ना गर्नाका साथै निःशुल्क विद्यालय पोशाकसमेत प्रदान गरेका थिए । आठविसकोट नगरपालिका वडा नं ९ मा रहेको सिस्ने हिमाल बालगृह र दीपज्योति आधारभूत विद्यालयमा १५ जना बालबालिकालाई भर्ना तथा पोशाक प्रदान गरेर उनले अभिभावकत्व ग्रहण गरेका हुन् । 

अभिभावकीय जिम्मेवारी लिँदै उनले गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको संख्या बढ्दै गएको बताए। राज्यले प्रदान गर्ने सेवा सुविधा सबै नागरिकले समान तरिकाले पाउनुपर्ने मान्यता स्थापित गर्न आफूले टुहुरा बालबालिकाको जिम्मा लिएको पनि उनले बताए । 

Global Ime bank

विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पूर्वमन्त्री शर्माले स्थानीय तहहरुसँग आग्रह गरे । 

आमाबुबा नभएर संरक्षकविहीन भएका बालबालिका नवराज बुढा, डिल्ली बुढामगर, किरण पुनमगर, खिमा ओली, सुशीला चनारा, पूर्णिमा शाही, रीता सार्की, रोशनी विक, देविका विक, जितबहादुर घर्ति, रुपा विक, विनीता सार्की, जीवन बटाला र तिलक बटालाको अभिभावकत्व उनले लिएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC