site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्टस रेलिगेसन जोनको टिमसँग बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस रेलिगेसन जोनको क्रोटोनेसँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

क्रोटोनेको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरी खेलेको हो । पहिलो हाफको १६ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६५ औं मिनेटमा क्रोटोनेका सिमोन टोचुक्वुले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो बराबरीसँगै युभेन्टसले दोस्रो स्थानको नापोलीविरुद्ध ६ अंकको अग्रता बनाउने मौका गुमाएको छ । युभेन्टसले ३३ खेलबाट ८५ अंक जोडेको छ । क्रोटोने २९ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।

लिगमा दोस्रो स्थानको नापोलीको ३३ खेलबाट ८१ अंक छ । नापोलीले बुधबार राति उडिनेसलाई ४ – २ ले हराएको थियो । यस्तै बुधबार राति रोमाले जिनोआलाई २ – १ ले पराजित गर्दा लाजियोले फियोरेन्टिनालाई ४ – ३ ले हराएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC