देश
विराटनगर (रासस)। विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ । आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए।
मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५ ०७:१८
प्रतिक्रिया दिनुहोस्