पाकिस्तानद्वारा बाबर क्रुज मिसाइलको सफल परीक्षण

पाकिस्तानद्वारा बाबर क्रुज मिसाइलको सफल परीक्षण


पाकिस्तानले बाबर क्रुज मिसाइलको उन्नत संस्करणको सफल परीक्षण गरेको छ । पाकिस्तानले सफल परीक्षण गरेको मिसाइल पारमपरिक र गैर पारम्परिक हतियार लैजान सक्षम रहेको बताइएको छ । यसको मारक क्षमता ७०० किलोमीटर छ ।
पाकिस्तानी सेनाले ‘बाबर वेपन सिस्टम –१’ जल र स्थल दुबै स्थानमा लक्षीत स्थानमा अचुक निशाना लगाउन सक्षम रहेको दावी गरेको छ । मिसाइल परीक्षणको अवसरमा सामरिक योजना प्रभागका महानिर्देशकसहित अन्य अधिकारीहरु उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति ममनून हुसैन र प्रधानमन्त्री शाहिद खाकान अब्बासीले मिसाइलको सफल परीक्षणका लागि वैज्ञानिक र इञ्जीनियरहरुको प्रशंसा गरेको बताइएको छ । 
 


प्रतिकृया दिनुहोस