देश
काठमाडौं । स्याङ्जाका एक १६ वर्षीय युवकले ग्रान्डी अस्पतालको छैठौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा स्याङ्जा फेदीखोलका १६ वर्षीय कृष्ण क्षेत्री रहेका छन् । उनलाई फागुन २० मा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । शुक्रबार साँझ उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।
उनले किन आत्महत्या गरे भन्ने खुल्न नसकेपछि गम्भीर रोगका कारण आफु बाच्न नसक्ने भन्दै आत्महत्या गरेको हुनसक्ने बताइएको छ । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पूर्ण खर्च मिनाहा गरेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५ १०:२५
प्रतिक्रिया दिनुहोस्