site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खान जेलमा रहे बलिउडको कति करोड डुब्ला ?
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतको जोधपुर अदालतले कृष्णसार शिकार मामिलामा बलिउडका सुपरस्टार सलमान खÞानलाई दोषी ठहर गर्दै पाँचवर्षको जेल सजाय सुनाएको छ । सलमान खानले तोकिएको सजायअनुसार पाँचवर्ष जेलमा कटाउनुपरे बलिउड फिल्म इन्डष्ट्रिजलाई करोडौं रुपैयाँ बराबरको नोक्सान ब्यहोर्नुपर्नेछ । 
सन् १९९९ मा प्रदर्शित फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका दौरान कृष्णसार मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गरिएको हो ।
बलिउड सुपरस्टार सलमान खÞानमा बलिउडको झन्डै चार करोड रुपैयाँ दाउ लागेको छ । 

१५० करोडको फिल्म रेस–३

अहिले सलमान खानको आगामी फिÞल्म ‘रेस ३’ को छायांकन चलिरहेको छ । सलमान खÞानको मुख्य भूमिका रहेको यो फिल्मको कुल बजेट १५० करोड़ रुपैयाँ रहेको छ । यो फिल्मको छायांकन सम्पन्न भएको छैन । सलमान खÞानलाई सजÞाय भए यो प्रोजेक्ट अधुरो रहन सक्छ । जसका कारण निर्माताको मोटो रकम फस्ने निश्चित छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दबंग–३ को बजेट १०० करोड

‘दबंग’ सिरीजको तेस्रो भाग ‘दबंग ३’ को छायांकन चाँडै नै शुरु हुने भएको छ । यो फिल्मका दुवै भागमा सलमान खÞान र सोनाक्षी सिन्हाले अभिनय गरेका थिए । तेस्रो भागमा पनि सलमान खÞान देखिने निश्चितप्रायः थियो । यस फिल्मको बजेट झन्डै १०० करोड रहेको छ । 

Global Ime bank

कयौं फिल्मको प्री–प्रोडक्शन

फिल्म ट्रेड समीक्षक अमोद मेहराले ‘रेस ३’ बाहेक लिमान खानका बाँकी फिल्महरु  ‘दबंग ३’, ‘किक २’ र ‘भारत’ मा कुनै पनि फिल्मको छायांकन सुरु नभएको बताएका छन् । 
तर फिल्म शुरू हुनु अगावै प्री–प्रोडक्शनको काम भने शुरू भइसकेको छ । जसमा कम्तीमा पनि एक सय करोड रुपैयाँ लगानी भइसकेको छ । 

टीभी शो पनि दाउमा

सलमान खÞानका फिल्ममात्रै नभएर उनको टेलिभिजन रियालिटी शो पनि दाउमा लागेको छ । उनी १० वर्षपछि फेरि ‘दस का दम’ ल्याएर टेलिभिजनमा कमब्याक हुने तयारीमा थिए । यो गेम शोको प्रोमो पनि सार्वजनिक भइसकेको छ । छिट्टै प्रदर्शनमा आउने भनिएको यो शो मा सलमान खान प्रस्तोताका रुपमा देखिने बताइएको थियो । 
यसका साथै सलमान खÞान टीभी शो बिग बोसमा प्रस्तोताको भूमिका निभाउँदै आएका थिए । यद्यपि यो शो को सीजन–१२ का लागि प्री–प्रोडक्शनको घोषणा भने भइसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC