site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्मी बैंकको लक्षित मुद्दतिमा १० प्रतिशत ब्याज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लक्ष्मी बैंकले “लक्षित मुद्दति–रिकरिङ्ग डिपोजिट’मा दिँदै आएको ब्याजदर बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दति खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना हो । 

यो “लक्षित मुद्दति” डिपोजिटमा ग्राहकले न्यूनतम ५०० रुपैयाँ जम्मा गर्न सक्नेछन् । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि रकम हरेक महिना स्वतः लक्षित मुद्दति खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनोट गर्न सक्नेछन् ।
साथै लक्षित मुद्दति खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । लक्ष्मी बैंकका नेपालभरका ७८ शाखाहरुबाट यो खाता खोल्न सकिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC