site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अछाम, रासस । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । 

समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताए । “एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उहाँले दुःखेसो पोखे “आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दुःख गरेजति उत्पादन हुँदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।” सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी । 

बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान छन् । उनले भने, “बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।” साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सकिनन् । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उनले बताइन् । 
नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताए । यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC