site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वान–डे को मान्यता पाउन पपुवा न्युगिनीलाई जित्नैपर्ने दबाबमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीसँग विहीबार (आज) प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा निकै कमजोर प्रदर्शन गरेको पपुवा न्युगिनीका खेलाडीलाई रोके नेपाल एक दिवसीय मान्यता नजिक छ तर त्यति सजिलो भने छैन ।

पपुवा न्युगिनी निकै बलियो राष्ट्रका रुपमा चिनिन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको चौथो हुँदै विश्वकप छनोटमा स्थान बनाएको टिम हो । तर जारी विश्वकप छनोट प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल पनि जित हात नपारेको पपुवा न्युगिनीमाथि नेपालले जित हात पारे, एक दिवसीय मान्यता पाउने सम्भावना प्रवल छ ।

नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ ।

Agni Group
NIC Asia

तर नेपाल पपुवा न्यनिगीसँग पराजित भएमा नेपालले इतिहास रच्ने सुनौलो अवसर गुमाउनेछ । नेपालले जितेमा र हङकङले नेदरल्याण्डलाई पराजित गरेमा नेपाल र हङकङ सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सातौँ स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ ।

पपुवा न्युगिनीका सबै खेलाडी राम्रो फर्ममा छन् । पपुवा न्युगिनीलाई पराजित गर्ने हो भने यी खेलाडीलाई नेपालले रोक्नुपर्ने हुन्छ ।
 
टोनी उरा
 

Global Ime bank

टोनी उरा पपुवा न्युगिनीका भरपर्दा ओपनिङ ब्याट्सम्यान हुन् । टोनी उरा कुनै पनि बेला आफ्नो टिमलाई जित दिलाउन सक्ने सक्षम खेलाडी हुन् । आयरल्याण्ड विरुद्धको खेलमा पपुवा न्युगिनीका लागि टोनी उराले उत्कृष्ट प्रदर्शन गर्दै १५१ रन बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनपछि पपुवा न्युगिनीले २३५ रन बनाएको थियो ।

उनले आयरल्याण्ड विरुद्ध १० चौका र ६ छक्का प्रहार गर्दै शतक बनाएका थिए । यद्यपी पपुवा न्युगिनी आयरल्याण्डसँग ४ विकेटले पराजित भएको थियो ।
वेष्ट इन्डिजविरुद्ध पनि टोनी उराले ३७ रन बनाएभने अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध ३ रनमा नै आउट भए । नेपालले खेल आफ्नो पक्षमा पार्नका लागि टोनी उरालाई सस्तैमा आउट गर्नुको विकल्प छैन ।

असद भाला
 

असद भाला पपुवा न्युगिनीका कप्तान हुन् । समूह चरणको खेलमा असद भालाले १११ रन बनाएका छन् । पहिलो र दोस्रो खेलमा चल्न नसकेपनि असदले वेष्ट इन्डिजविरुद्ध ५७ र नेदरल्याण्ड विरुद्ध ४४ रन बनाएका थिए ।

कप्तान असदले फष्र्ट क्लासमा ३ शतक र ३ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै, लिष्ट ए मा उनले १ शतक र ७ अर्धशतक बनाएका छन् । देब्रेहाते ब्याट्सम्यान असद एक प्रभावशाली खेलाडी हुन् ।

सन् २०१५ मा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित हुँदा असद भालाले ८७ बनाएका थिए । यसकारण उनी विरुद्ध नेपाली खेलाडी सजक हुनुपर्ने हुन्छ ।
 
नोरमान भनुआ
 

नोरमान भनुवा मिडियम फास्ट बलर हुन् । भनुवा निकै लयमा रहेका अलराउण्डर हुन् । उनले जारी प्रतियोगितामा ८ विकेट लिई सकेका छन् भने ब्याटिङतर्फ ८० रन बनाएका छन् । उनले युएईविरुद्ध ४ विकेट लिएका थिए । त्यस्तै, आयरल्याण्ड विरुद्ध दोस्रो खेलमा १ विकेट मात्रै लिन सफल भएका भनुवाले तेस्रो खेलमा वेष्ट इन्डिज विरुद्ध पनि १ विकेट लिएका थिए । समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड विरुद्ध २ विकेट लिँदै भनुवाले ८ विकेट पुर्याएका थिए ।

ब्याटिङतर्फ पनि उनको प्रदर्शन निकै लोभलाग्दो छ । १० औं नम्बरमा ब्याटिङ गर्न आउने भनुवाले ४ खेलबाट ८० रन बनाएका छन् । पहिलो खेलमा युएई विरुद्ध २० रन बनाएका उनले दोस्रो खेलमा आयरल्याण्ड विरुद्ध १२ रन बनाए । तेस्रो खेलमा उनले वेष्ट इन्डिज विरुद्ध ३५ रन बनाएका थिए भने समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड विरुद्ध १३ रन बनाएका थिए ।

उत्कृष्ट लयमा रहेका भनुवालाई रोक्न नेपाली खेलाडीलाई चुनौती बनेको छ ।
 
एलिई नाओ
 

नेपालको निकै खराब ब्याटिङ हुने गरेको छ । विशेषगरी ओपनिङ जोडी टिक्न नसक्दा नेपाल धरापमा पर्ने गरेको छ । नेपाली ब्याट्सम्यानका लागि पपुवा न्युगिनीका एलिई नाओ मुख्य चुनौती बनेका छन् ।

एलिई नाओले ४ खेलबाट ६ विकेट लिईसकेका छन् । २४ वर्षीय नाओ राइटआर्म मिडियम फास्ट बलर हुन् । भनी मोरिया, लेगा सिएका, सेसी बाउ, महुरु दाई र कार्लस अमिनी जस्ता पपुवा न्युगिनीका खेलाडी नेपालको तगारो बन्न सक्छ ।
 
हेड टु हेडमा पपुवा न्युगिनी हावी
 

पपुवा न्युगिनी नेपालको नयाँ प्रतिद्वन्द्वी भने होइन । नेपाल र पपुवा न्युगिनीले अहिलेसम्म ३ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा तीनै खेल पपुवा न्युगिनीले जितेको छ ।

यी दुई टिमबीच पहिलो पटक सन् २००५ मा विश्व क्रिकेट लिग डिभिजन टु छनोटमा प्रतिस्पर्धा भएको थियो । जुन खेलमा पपुवा न्युगिनीले नेपाललाई ७० रनको भारी अन्तरले पराजित गरेको थियो ।

यसपछि नेपाल र पपुवा न्युगिनीबीचको भेट सन् २०१५ नोभेम्बरमा भयो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेलेको थियो । जुन दुबै खेलमा नेपाल जित नजिक पुगेर पराजित भएको थियो ।

च्याम्पियनसिपअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा २ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पपुवा न्युगिनीसँग ३ विकेटले पराजित भएको थियो ।

नेपालसामु विगतको हारको बदला लिँदै एक दिवसीय मान्यता पाउने ठूलो अवसर मिलेको छ । त्यसका लागि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्नु पर्ने हुन्छ ।

नेपालले जारी प्रतियोगिताको समूह चरणमा ३ खेलमा हार र एक खेलमा मात्रै जित हात पार्यो । पहिलो खेलमा आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग ४ र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको शानदार जित हात पार्दै नेपालले एक दिवसीय मान्यता पाउनेलाई यथावत राखेको हो ।
 
ब्याटिङकै चिन्ता
 

नेपालले बुधबार जिम्बावेको वल्ड हरारियन्समा पपुवा न्युगिनी विरुद्ध कस्तो ब्याटिङ गर्ला ? सबैको चिन्ताको विषय बनेको छ ।

विश्वकप छनोटको पहिलो खेलमा जिम्बावे विरुद्ध पराजित भएपनि नेपालको ब्याटिङले केही आशा पलाएको थियो । जिम्बावेविरुद्ध २६४ रन बनाएको नेपालको त्यसपछिका खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन रहेको छ । स्कटल्याण्ड र अफगानिस्तानसँग नेपाल हार्नुको मुख्य कारण पनि ब्याटिङ नै भएको थियो ।

स्कटल्याण्डविरुद्ध १४९ रनमै अलआउट भएको नेपाल अफगानिस्तानविरुद्ध पनि १९४ रनमै अलआउट भएको थियो । हङकङ विरुद्ध पनि नेपालका अनुभवि खेलाडी सस्तैमा समेटिएका थिए । तर सोमपाल कामी र युवा खेलाडी रोहिकुमार पौडेलले नेपालको शाख जोगाएका थिए ।

नेपालका ओपरन ब्याट्सम्यान दिलिप नाथ र उपकप्तान ज्ञानेन्द्र मल्ल चल्न सकिरहेका छैनन् । शरद भेषवाकर घाइते हुँदै अफगानिस्तान र हङकङबीचको खेल गुमाएका थिए भने पछिल्लो तीन खेलमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख चल्न सकिरहेका छैनन् ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०७४  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय