Skip Advt.

अमेरिकाका उत्तरपूर्वी राज्यमा भारी हिमपात (फोटोफिचर)

अमेरिकाका उत्तरपूर्वी राज्यमा भारी हिमपात (फोटोफिचर)

काठमाडौं । अमेरिकाका उत्तर पूर्वी पाँच राज्यहरुमा भिषण हिमपात भएको छ । गत दुई हप्तामा हिजो (मंगलबार) तेस्रो ठूलो हिमपात भएको हो । अमेरिकी राज्य रोड आइल्याण्ड, कनेक्टिकट, म्यासाच्युसेट्स, न्यु हेम्प्शायर र मेन राज्यहरुका लाखौं घर तथा पसलमा बत्ती गएको छ । स्कुल, यातायात र जनजीवन ठप्प भएको छ । स्कुल दुई दिनदेखि बन्द छन् । यी

पाँच राज्यमध्ये म्यासाच्युसेट्सको बोस्टन सहरमा १२ देखि २० इन्चसम्म हिउँ परेको छ र हिमपात अझै रोकिएको छैन । 

अत्यधिक हिमपातले गर्दा दुर्घटनामा पनि वृद्धि भएको बताइएको छ । यहाँ ८० माइल प्रतिघण्टाको वेगमा आँधी, हुरीले हिमपात ल्याएको थियो । 

 

 

 

 

 

 

 

तस्विरहरु: बिमल नेपाल @BimalPhoto 
(बोस्टन निवासी फोटो पत्रकार नेपाल क्याम्ब्रिज क्रोनिकल पत्रिकामा आबद्ध छन्) 


 

प्रतिकृया दिनुहोस